‘पर्वका सकारात्मक संस्कार र प्रवृत्तिको संरक्षण गर्नुपर्छ’

सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले बडादशैंको शुभकामना सन्देश दिंदै मौलिक पर्वहरुभित्र रहेका सकारात्मक संस्कार र प्रवृत्तिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

चाडपर्वमा रहेका विद्यमान रुढीबादी, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्दतिमा पुनर्विचार गर्नुपर्ने भन्दै उनले चाडपर्वका मूल्य, मान्यता संस्कारलाइ थप बलियो बनाउदै आपसी सद्भाव, भाइचारा र मित्रवत सम्बन्ध विकास गर्ने अवसरको रुपमा दशैं, तिहार र छठ पर्व मनाउन आग्रह गरेका छन् ।

गाउँपालिका अध्यक्ष बुढाथोकीले छत्रेश्वरीको समग्र विकास र पालिकाबासीको जिवनपद्दतिमा सकारात्मक परिवर्तन ल्याउनका लागि ‘म बनाउंछु, मेरो छत्रेश्वरी’ भन्ने नारालाइ आत्मसाथ गर्दै आफुहरु निरन्तर लागिपरेको बताए ।

एकता, हातेमालो, समन्वय र सहकार्यविना दिगो विकास असम्भव जस्तै भएकाले उनले गाउँपालिकावासी नागरिक तथा सरोकारवालाबाट रचनात्मक राय, सुझाव र सहयोगको अपेक्षा गरेका छन् ।

शुभकामना सन्देश मार्फत अध्यक्ष बुढाथोकीले गाउँपालिकावासी तथा देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र दिर्घायुको लागि शुभकामना व्यक्त गरेका छन् ।

‘पर्वका सकारात्मक संस्कार र प्रवृत्तिको संरक्षण गर्नुपर्छ’

चुकेनी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सकियो

‘पर्वका सकारात्मक संस्कार र प्रवृत्तिको संरक्षण गर्नुपर्छ’

बडादशैँको टीका लगाउने क्रम जारी