कर्णाली प्रदेशको निजामती सेवा विधेयक पारित

सोमबार बसेको प्रदेश सभा बैठकबाट ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी विधेयक, २०७८’  पारित भएको छ।

उक्त विधेयक साउन २५ गते कर्णाली प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो । साउन ३२ गते सभामा छलफलका लागि टेबल भएको थियो ।

भदौ १ गतेको वैठकमा भएको विधेयक माथिका सैद्धान्तिक छलफलपछि दिइएको संशोधन प्रस्तावको समयमा १० जना सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए । संशोधन प्रस्तावहरूलाई पनि सोमबारको बैठकले विधेयकका अंगका रूपमा स्वीकृत गरेको छ ।

सैद्धान्तिक छलफलपछि थप छलफलका लागि उक्त विधेयक प्रदेश मामिला समितिमा गएको थियो ।

कर्णाली प्रदेशको निजामती सेवा विधेयक पारित

मंगलवार राष्ट्रिय शोक मनाउने सरकारको निर्णय (निर्णय

कर्णाली प्रदेशको निजामती सेवा विधेयक पारित

सल्यानमा १० वटा सरकारी कार्यालयको एकैसाथ सार्वजनिक

This will close in 0 seconds