२०८२ फाल्गुन ५ गते
×

Now Playing

आवश्यकभन्दा ९० प्रतिशत कम रकम, मर्मतसम्भार गर्न समस्या

सडक डिभिजन कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षमा चाहिएकोभन्दा निकै न्यून बजेट आउँदा सडक मर्मतसम्भार गर्न कठिन भएको छ । सरकारले आवश्यकभन्दा ९० प्रतिशत कम रकम पठाउँदा मर्मतसम्भार गर्न समस्या भएको हो ।

मर्मत गर्नुपर्ने सडक धेरै छन् तर सरकारले टालटुल गर्ने कार्यलाई समेत नपुग्ने गरी अपर्याप्त बजेट पठाएकाले सडक डिभिजनले थोरै ठाउँमा खाल्डाखुल्डी पुर्नेे तथा टाल्ने काम मात्रै गर्नेछ ।

तीन सय ४४ किलोमिटर सडक मर्मतसम्भार गर्न सडक डिभिजन कार्यालय सुर्खेतमा यो आर्थिक वर्षमा तीन करोड ३२ लाख ५० हजार रूपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ। यो रकम चाहिएको भन्दा ९० प्रतिशत कम हो ।
मुख्यतः दैलेख खण्डमा बर्सातका कारण कर्णाली राजमार्ग छियाछिया भएको छ। धेरै ठाउँमा कालोपत्रे नै छैन् तर सरकारले बजेट विनियोजन गर्दा ध्यान नदिएकाले सडकको अवस्था बेहाल हुने देखिन्छ।

सरकारले राजमार्ग बनाउन सक्दैन् भने यस्तो अवस्थामा नचलाउन राकमकर्णालीका स्थानीय अगुवा नैनबहादुर शाहीले सुझाव दिएका छन्। ‘कर्णाली राजमार्गको अवस्था दयनीय छ। मर्मत तथा फराकिलो बनाउन बजेट छुट्याउँदैनन्।’
अगुवा शाहीले भने, मुत्युको सौदा गरेर यात्रा गर्नुपर्छ त्यो भन्दा सरकारले नै राजमार्ग बन्द गरिदियोस्।’

सडक डिभिजनले कर्णाली राजमार्गको दैलेख कालिकोटसीमा दहीखोलासम्म एक सय ३२ किलोमिटर, ७० किलोमिटर भेरी कोरिडोर छिन्चु–छेडासम्म, रत्न राजमार्गअन्तर्गत हर्रेदेखि बाँगेसिमलसम्म ४४ मिलोमिटर, बोटेचौर–काल्चेसम्म १४ किलोमिटर, सुर्खेत–दैलेख सडक खण्ड ७० किलोमिटर, तल्लोडुंगेश्वर–सियाकोटसम्म ८ किलोमिटर, तल्लोडुंगेश्वर–दुल्लुसम्म १३ किलोमटर मर्मतसम्भारका लागि अपुग बजेट विनियोजन गरेको हो। जसका कारण बर्सेनि सडकको अवस्था झन् बिग्रँदो छ।

मर्मतसम्भारका लागि चाहिने रकमको १० प्रतिशत मात्रै बजेट आएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोप नारायण पौडेलले बताए । ‘नयाँ योजना एउटाबाहेक अरू छैनन्।’ सूचना अधिकारी पौडेलले भने, यहाँका सडकहरूमा बढी मर्मतसम्भार गर्नुपर्छ त्यसमा पनि बजेट न्यून छ ।’

पुराना ठेक्काहरू छन् तर नयाँ योजना एउटा मात्र छ। जहरे–शिवनगर–गुमी–पातीकाल्ने ९ किलोमिटर कालोपत्रको लागि यो वर्ष टेन्डर हुँदैछ। योबाहेक नयाँ योजना यो आर्थिक वर्षमा छैनन् ।

आवश्यकभन्दा ९० प्रतिशत कम रकम, मर्मतसम्भार गर्न समस्या

YUGAAWHAN NATIONAL DAILY (2080-06-22)

आवश्यकभन्दा ९० प्रतिशत कम रकम, मर्मतसम्भार गर्न समस्या

इजरायलमा ‘प्रवेश’को मृत्यु खवरले भावविह्वल बन्यो शारदा