भूकम्पको धक्का

सुर्खेत,११ माघ  ।

मंगलबार दिउँसो पौने २ बजेतिर सुर्खेतको वीरेन्द्रनगरसहित कर्णालीका अन्य जिल्ला तथा छिमेकी प्रदेशका केहि जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दू भएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानाएको छ । केन्द्रका अनुसार यो परकम्प नभई नयाँ भूकम्प हो ।

भूकम्पको झट्काले बाजुरा बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको डीएसपी सूर्य थापाले जानकारी दिएका छन् । उनका अनुसार मानवीय क्षति भए–नभएकोबारे जानकारी आइ सकेको छैन् । उद्दारका लागि प्रहरी परिचालन गरिएको डिएसपी सूर्य थापाले बताए ।

भूकम्पको धक्का

क्रसर उद्योगको छानविन सुरु

भूकम्पको धक्का

सडक पुगे बेच्न सकिन्थ्यो रैथाने उत्पादन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds