माथिल्लो कर्णालीमा हिमपात किसान खुशीः जनजीवन कष्टपूर्ण

जुम्ला,११ माघ ।

माथिल्लो कर्णालीका हिमाली जिल्लामा हिउँ पर्न सुरु भएको छ। यस वर्षको पहिलो पटक हिमपात शुरु हुने क्रममा जुम्लामा मंगलबार बिहान ५ बजेबाट हिउँ पर्न थालेको हो ।

जुम्लासहित कर्णालीका हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामासमेत हिमपात सँगै वर्षा भइरहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । यस्तै कालिकोट, सुर्खेत दैलेखमापनि मन्द मन्द वर्षा भएको छ । माघ महिना आधा हुन लाग्दा पनि हिउँ नपर्दा चिन्तित किसान हिउँ पर्न थालेपछि भने खुशी भएका छन् ।

‘अझै केही दिन हिउँ निरन्तर आउनुपर्छ, अनि मात्र बालीनाली सप्रिन्छ,उत्पादन बढ्छ ।’स्याउ किसान सरोज शाहीले भने,‘अहिले पर्याप्त हिउँ परे हिउँदे बाली जौ, गहुँलाई राहत हुनुका साथै बगैँचा व्यवस्थापनमा सहज हुनेछ ।’

हिमपातले विशेष गरी कृषि क्षेत्रलाई राहत पुग्ने कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले बताए । ‘हिउँ नपरेर बाली सुक्न थालेको थियो ।’ उनले भने, ‘बाली सुक्ने,उत्पादन घट्ने चिन्तामा किसान थिए । अहिलेको हिउँले बाली सप्रिने र स्याउ उत्पादन वृद्धिमा मद्दत पुग्छ ।’

हिउँ पर्दा हिउँदेबाली सप्रिने आशले किसानहरु खुशी भएपनि त्यस क्षेत्रको जनजीवन भने तत्काललाई प्रभावित भएको छ । महिला बालबालिका, दीर्घरोगी, सडक मानव चिसोले नराम्ररी प्रभावित भएका हुन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ ।

चिसोले भाइरल ज्वरो आउन सक्ने भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र झोलिला पदार्थ खान चिकित्सकको सुझाव छ । हिमपातले कर्णालीका हिमाली जिल्लाको हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । जुम्ला नेपालगञ्जको उडानसँगै मुगु, हुम्ला, र डोल्पाको हवाई उडानपनि ठप्प भएको हो ।

सडक यातायात कर्णाली राजमार्ग, नाग्म–गमगढी सडकको यात्रा पनि रोकिएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनस्र्थापनाको पूर्व तयारी बलियो बनाइएको र तीन वटै सुरक्षा निकाय तैनाथ अवस्थामा रहेको दाबी गरे ।

यसअघि हुम्लाको सिमकोटमा गत ६ माघमा पनि अत्यधिक हिउँ परेको थियो । विगत वर्षमा पुस लाग्ने बित्तिकै रारा हिउँले सेताम्य हुने गथ्र्यो तर यो पटक माघ लागेपछि हिमपात हुँदा रारा कपासझैं सेताम्य देखिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

माथिल्लो कर्णालीमा हिमपात किसान खुशीः जनजीवन कष्टपूर्ण

बागमतीमा पनि घटाइयो मन्त्रालय संख्या, आज मन्त्रिपरिषद

माथिल्लो कर्णालीमा हिमपात किसान खुशीः जनजीवन कष्टपूर्ण

क्रसर उद्योगको छानविन सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds