तीन मन्त्रीको मन्त्रालय तोके मधेसका मुख्यमन्त्रीले, अझै ७ मन्त्रालय आफैंसँग

काठमाडौं,११  माघ ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्।

नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो।

मुख्यमन्त्री यादवले बाँकी ७ मन्त्रालय भने हाल आफैँसँग राखेका छन्। मधेस प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन्। जसपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवलाई प्रदेश सभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थन छ।

सेताेपाटी 

तीन मन्त्रीको मन्त्रालय तोके मधेसका मुख्यमन्त्रीले, अझै ७ मन्त्रालय आफैंसँग

सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको निधन

तीन मन्त्रीको मन्त्रालय तोके मधेसका मुख्यमन्त्रीले, अझै ७ मन्त्रालय आफैंसँग

कर्णालीमा मन्त्रालय भागबन्डा : माओवादी ४, एमालेलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds