भूकम्पपछि ढुंगा पल्टिँदा बाजुरामा एक जनाको मृत्यु

बाजुरा,१० माघ ।

मंगलबार गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ की जमुना रोकाया रहेकी छन्। घाँस काट्न गएकी उनको भूकम्पपछि आएको ढुंगा लागेर मृत्यु भएको हो। यसैगरी जिल्लाको गौमुल गाउँपालिका–१ का रामदल बोहोरा घाइते भएका छन्। भूकम्पले घर भत्किँदा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ।

घाइते बोहोराको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय सुभाष रोकायाले बताए। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका–११ भोपुरमा पनि एक वृद्धा घाइते भएका छन्। बाजुरा केन्द्रविन्दु भएर ‍५‍.९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

अन्नपुर्ण 

भूकम्पपछि ढुंगा पल्टिँदा बाजुरामा एक जनाको मृत्यु

१० वर्षसम्म पनि पुलको काम नगर्ने ठेकेदारलाई

भूकम्पपछि ढुंगा पल्टिँदा बाजुरामा एक जनाको मृत्यु

नयाँ बानेश्वरमा एक युवकले गरे आत्मदाह प्रयास

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds