सुर्खेतको पञ्चपुरीमा श्रीमतीको घाँटी काट्ने श्रीमान पक्राउ

सुर्खेत,२० मंसिर ।

सुर्खेतमा आफ्नै श्रीमतीको टाउँको काटेर भागिरहेको अवस्थामा प्रहरीले श्रीमानलाई प्रक्राउ गरेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्मा बस्ने ३८ वर्षिय अम्मर आले मगरले मंगलवार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी काटि टाउँको प्लाष्टिकको थैलोमा राखेर भागिरहेका अवस्थामा पक्राउ गरिएको हो ।

उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वाथ्य चौकी पछाडिवाट प्रक्राउ गरेको हो ।

उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय बावियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको छ । उनको घरमा छोरा छोरी र आमा रहेको वताइएको छ । घटनाको कारण भने खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।

सुर्खेतको पञ्चपुरीमा श्रीमतीको घाँटी काट्ने श्रीमान पक्राउ

YUGAAWHAN NATIONAL DAILY (2079-08-20)

सुर्खेतको पञ्चपुरीमा श्रीमतीको घाँटी काट्ने श्रीमान पक्राउ

सम्पर्क बिहिन भएका कालिमाटीका नन्दलाल जैसी अचेत

Leave a comment

Your email address will not be published. Required fields are marked *