खाँडाचक्रले दुई सय भन्दाबढी नागरिकको उद्दार

तुलराज पाण्डे
कालिकोट, १४ बैशाख ।

कालिकोट जिल्ला खाँडाचक्र नगरपालिकाले शनिवारसम्म दुई सय भन्दा वढी स्थानीय नागरिकहरुको उद्दार गरेको छ । विश्वमहामारीको रुपमा फैलीएको कोरोना भाईरस(कोभिड(१९) संक्रमण फैलीए संगै स्थानीय तहमा भित्र्याउने होडबाजी चलेको छ । पूर्ण व्यवस्थापन नभए पनि नागरिकहरु आत्तिएर पछि भोकभोकै स्थानीय तहमा फर्केका छन् ।

खाडाचक्र नगरपालिकाको प्रत्येक वडामा क्वारेन्टाइनको व्यवस्थापन गरिएको भएपनि सबै वडामा सडक नपुगेको हुँदा गाडी लैजान गारो भएको कारण सजिलो पर्ने भएकाले तिला कर्णाली बहुमुखी क्याम्पस ताडिमा ५४ बेड र पंचदेव उच्च मा.वि. मान्ममा २८ बेडको स्थापना गरिएको खाडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए ।

२०७७/०१/१० देखि सुरु भएको क्वारेन्टाइनमा ३ दिन राखिएका सम्पूर्ण नागरिकलाई स्वास्थ्य परीक्षण गरिएको छ उक्त स्वास्थ्य परीक्षण गर्दे सबैलाई ज्वरो नभएको र अन्य कोरोना संकास्पद लक्षण नभएको स्वास्थ्य परीक्षण गराई सम्बन्धित पालिकालाई जिम्मा लगाएको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले बताउनुभएको छ ।

कोरोना नियन्त्रणका लागि एक महिनादेखी सरकारले गरेको लकडाउनका कारण देशका विभिन्न स्थानमा अलपत्रपरेका आफ्ना नागरिकहरुको खाँडाचक्र नगरपालिकाले उद्दार गरेको हो जुन जहाँ हुनुहुन्छ सुरक्षित भएर बस्ने, स्वास्थ्यको ख्याल गर्ने र लकडाउन लम्बियो भने जसरी भएपनि आफ्ना नगरबासीलाई उद्दार गरी सम्बन्धित ठाउँमा पुरयाउने पञ्जीकरण शाखा प्रमुख कलम बहादुर शाहीले बताउनुभयो ।
व्यापार व्यवसाय मजदुरी गर्न र अध्ययनका लागी देशका विभिन्न स्थानमा गएका नागरिकहरुलाई लकडाउनका कारणले जीवन गुजारा गर्न गाह्रो भएको हुँदा नगरपालिकले आफ्ना नागरिकहरुको उद्दार गरिएको नगर प्रमुख जसी प्रसाद पाण्डेले बताउनुभयो । ‘देशका विभिन्न स्थानहरु काठमाडौँ, ललितपुर, भक्तपुर, नेपालगन्ज सुर्खेतबाट दुई सय भन्दा बढी नगरपालिका भित्रका नागरिकहरुको उद्दार गरिसकेका छौं’ नगर प्रमुख पाण्डेले भने क्वारेन्टाइनबाट फर्केर घर गएका खाडाचक्र नगरपालिकाका नागरिकलाई आ–आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्नसमेत आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया