एक वर्ष बित्दा पनि मजदुरले ज्याला पाएनन्

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका–२ बगलेक स्वास्थ्यचौकी भवन निर्माणमा संलग्न मजदुरले एक वर्षदेखि काम गरेको ज्याला पाएका छैनन् ।

भवन निर्माणको ठेक्का पाएको बाराही निर्माण सेवाले मजदुरलाई ज्याला नदिएपछि उनीहरु मारमा परेका हुन् । विसं २०७७ मा रु एक करोड ७० लाखमा भवन निर्माणको ठेक्का पाएको पिएस पिएस कन्सट्रक्शन प्रालि, सिलगढीले पेटी ठेक्का बाराही निर्माण सेवालाई प्रदान गरेको हो ।

निर्माण सेवाले भवन निर्माण सम्पन्न गरे पनि मजदुरलाई भने काम गरेवापतको रकम अहिलेसम्म दिएको छैन । भवनको काम सम्पन्न भई कार्यालय सञ्चालनमा आइसक्दा पनि ज्याला नपाएको स्थानीय जगत बिकले बताए ।

भवन हस्तान्तरण भइसकेको छ, मजदुरको ज्याला बाँकी नै छ ।” मजदुरले दैनिक रु ४०० का दरले भवन निर्माणमा काम गरेका थिए । पूर्वीचौकी गाउँपालिका–२ का हीरादेवी ओली मजदुरले निर्माण कम्पनीविरुद्ध आन्दोलनको तयारी गरेको बताए।

पिएस कन्सट्रक्शनका प्रोप्राइटर प्रेमशङ्कर भट्टले बाराही निर्माण सेवाले ज्याला दिनुपर्ने बताए । सम्पूर्ण खर्च निर्माण सेवाले नै तिर्नुपर्छ ।

प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले ज्याला नपाएको कसैले पनि प्रशासनमा उजुरी नदिएको बताए । घर नजिकै रोजगारी पाएपछि खुशी भएका स्थानीयवासी ज्याला नपाएपछि पीडित बनेका छन् । रासस

एक वर्ष बित्दा पनि मजदुरले ज्याला पाएनन्

राज्यले बेवास्ता गरेको भन्दै जनगणनामा सहभागी नहुने

एक वर्ष बित्दा पनि मजदुरले ज्याला पाएनन्

मुख्यमन्त्री राईलाई विश्वासको मत, पक्षमा पर्‍यो ५०

Leave a comment

Your email address will not be published. Required fields are marked *