सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

सप्तरी : पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका(२ बरमझियामा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ।

ग १ ख ९६४२ नम्बरको बसले बीआर ३८ आर ८१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

बसले ठक्कर दिँदा मोटरसाइकलमा रहेका भारत बिहार सुपौलका २२ वर्षीय राजकुमार तिवारी र मोटरसाइकलको पछाडि रहेका अन्दाजी ३०र ३१ वर्षीय पुरुषको ज्यान गएको हो ।

उनको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा ज्यान भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

ठक्करबाट सख्त घाइते तिवारीको भने उपचारका लागि विराराटनगरतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको हो।

त्यही बसको ठक्करबाट घाइते भएका पैदलयात्री बरमझियाका १९ वर्षीय रोहनप्रसाद गुप्ताको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो। ठक्कर दिने बसलाई नियन्त्रणमा लिइएको उहाँले बताउनु भयो ।

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

एक दिनमा अझै पनि दैनिक ४० हजार

सप्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो

मुख्यमन्त्री शाहीबाट जनगणनाको शुभारम्भ

Leave a comment

Your email address will not be published. Required fields are marked *