राष्ट्रियसभाको आजको बैठक स्थगित

काठमाडौं : राष्ट्रियसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभाको सचिवालयले सूचना टाँसेर स्थगित गरिएको हो।

राष्ट्रियसभाको अर्को बैठक सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ। यसअघि असोज ११ गते सभाको बैठक भएको थियो।





