ओलीले जवाफ दिएपछि एमालेको विधान महाधिवेशन आजै समापन हुँदै

काठमाडौं : ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेकपा एमालेको विधान महाधिवेशन आजै समापन हुँदैछ। महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले दिएपछि महाधिवेशन विधिवत रुपमा समापन हुनेछ।

समापन समारोहलाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन्। अहिले पार्टीका उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन्।

त्यसपछि महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन् भने अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमाथि उठेका जिज्ञासाहरुको जवाफ दिने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गर्ने कार्यसूची छ। त्यसैगरी, समसामयिक प्रस्ताव पनि महाधिवेशनले पारित गर्ने एमालेले जनाएको छ। शुक्रबार अध्यक्ष ओलीले उद्घाटन गरेको महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधिहरु सहभागी छन्।

ओलीले जवाफ दिएपछि एमालेको विधान महाधिवेशन आजै समापन हुँदै

राष्ट्रियसभाको आजको बैठक स्थगित

Leave a comment

Your email address will not be published. Required fields are marked *