चीनमा मातृ मृत्युदर निकै घट्यो

एजेन्सी । चीनमा मातृ मृत्युदर उल्लेखनीय रूपमा घटेको पाइएको छ। चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको हो।

सरकारी तथ्यांकमा उल्लेख भएअनुसार त्यहाँ सन् २००२ मा प्रति एक लाख जीवित जन्ममा ४३।२ प्रतिशत मातृ मृत्युदर रहेकोमा सन् २०२० मा आएर १६।९ प्रतिशत मात्र देखिएको छ।

मातृ मृत्यु प्रति एक लाखमा मापन गरिन्छ। यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३।२ जना आमाको ज्यान जाने गरेको थियो।

सो संख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसूतिजन्य जटिलताका कारण हाल प्रति एक लाख आमामा १६।९ जनाको मात्र ज्यान जाने गरेको छ।

यस तथ्यांकलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ।

चीनको यो तथ्यांक सार्वजनिक भए लगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रका रूपमा चित्रण पनि गरेको छ।

यसअघि पनि विश्व स्वास्थ्य संगठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रका रुपमा परिचित रहेको भनेको थियो।

चीनमा मातृ मृत्युदर निकै घट्यो

भारतले प्रक्षेपण गरेको उपग्रह पड्कियो

चीनमा मातृ मृत्युदर निकै घट्यो

श्वेतपत्रमा कुनै पूर्वाग्रह भए कठघरामा उभिन तयार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds