रंगहरुको पर्व होली आज ईच्छा विपरित रंग दले कारवाही

सुर्खेत : आज फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावका साथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

होलीमा सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला रमेश न्यौपानेले जानकारी दिए । मर्यादापूर्वक होली मनाउन नागरिकलाई आग्रह गरेका प्रमुख जिल्ला अधिकारी न्यौपानेले उश्रृखल कार्य गर्नेलाई कारवाही गर्न प्रहरीहरु पनि परिचालन गरिएको बताए । \

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

‘उपत्यकामा होली खेल्ने बहानामा लोला हान्ने, मापसे गरेर सवारी चलाउने र हेल्मेट नलगाएर मोटरसाइकलमा तीन जना चढाएमा तत्काल सवारी नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन पनि दिइसकेका छौं’ प्रजिअ न्यौपानेले भने । उपत्यकामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले सादा र पोशाकसहितका प्रहरी परिचालन गरिएको जनाएको छ । होली पर्वको अवसरमा आज सरकारले पहाड र हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । तराईका जिल्लाहरुमा भने होली पर्व भोलि मनाइँदैछ ।

रंगहरुको पर्व होली आज ईच्छा विपरित रंग दले कारवाही

YUGAAWHAN NATIONAL DAILY (2076-11-26)

रंगहरुको पर्व होली आज ईच्छा विपरित रंग दले कारवाही

होटल भत्किदा क्वारेन्टाइनमा राखिएका दश जनाको मृत्‍यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds