तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन

एजेन्सी । तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर ल्याएका हुन् ।

जीएनको निधन बिहीबार बिहानै भएको हो । उनमा उमेरसँगै आउने समस्याहरु थियो । उनको अन्तिम संस्कार आजै चेन्नइमा हुनेछ । जीएनआर कुमारावेलनले बुबाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्– ‘मेरो बुबा, मेरो प्रेम आज बिहान ८स् ४५ मा बित्नुभयो ।’

निर्देशकको निधनप्रति फिल्म उद्योगका स्टारलगायत थुप्रैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । जीएन रंगराजनले कमल हासनका साथ कयौं फिल्म गरेका छन् । महारसन, कल्यानारमन, एलम इनबामयम, कादल मीनगल, मुथु एनगल सोथु, पल्लबी मीनदम पल्लवी, अदुथातु अल्बर्टलगायत थुप्रै हिट छन् । कमल हासन र श्रीदेवी अभिनित सुपरहिट फिल्म ‘मीनदम कोकिला’बाट उनी सर्वत्र चिनिएका थिए ।

तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन

स्वस्तिमाले मागिन् चलचित्र प्राविधिकको लागि सहयोग

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!