उद्यमी बनाउन इजरायल प्याकेज

सुर्खेत : युवा उद्यमी बनाउन इजरायल प्याकेज एक टेक्नीकल कलेजले सार्वजनिक गरेको छ । कोहिनुर मल्टी टेक्नीकल कलेज प्रा.लि.ले युवा उद्यमी बनाउन इजरायली प्याकेज सार्वजनिक गरेको हो ।

प्याकेज अन्तरगत ५० जना युवाहरुलाई इजरायली कृषि प्रविधिमा काम गर्नका लागि प्रालिका अध्यक्ष बखत कहादुर भण्डारीले जानकारी दिए । हाइटेक प्रविधि, थोपा सिंचाई फर्टीगेसन, इन्सेक्ट, नेट कृषि प्रविधि स्थापित गर्न ‘सिक र गर’ कार्यक्रममार्फत युवाहरु पठाइने उनले बताए ।

आराभा मोर्डन एग्रिकल्चर लिमिटेड र कोहिनुर मल्टी टेक्नीकल प्रा.लि.बिच माघ ११ गते सम्झौता गरिएको जानकारी दिएका भण्डारीले तीन महिने इजरायली मोडेलको कृषि तालिम गराई ११ महिनाका पठाइने बताए । ‘हामीले आवेदन लिन्छौं त्यसपछि तीन महिनाको तालिम सञ्चालन गरेर त्यसको अन्तरवार्ताबाट छनोटमा परेका ५० जनालाई ११ महिने इन्टर्नसिपका लागि पठाउँछौं’ भण्डारीले भने, ‘इजरायलबाट फर्केपछि त्यहाँको कृषि प्रविधिको सदुपयोग गरी कर्णाली प्रदेशको कृषिमा थप नयाँ आधुकिकीकरण थपिने विश्वास हाम्रो हो ।’

उद्यमी बनाउन इजरायल प्याकेज

सम्पादकीय : आँगनमै रोजगारी

उद्यमी बनाउन इजरायल प्याकेज

स्ववियु निर्वाचन एक महिना सर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds