आगलागी हुँदा तीन वर्षीय बालकको मृत्यु‚ तीन घरमा क्षति

काठमाडौं । उदयपुरको कटारी नगरपालिका(१० का सुजन थापाका तीन वर्षीय छोरा अरविन्द्रको आगोले जलेर मृत्यु भएको छ ।
आइतबार बेलुका करिब ६ बजे घर निजकै रहेको परालको कुन्युमा लागेको आगो घरमा सल्किँदा घरभित्र रहेका अरविन्दको जलेर मृत्यु भएको हो ।
आगलागीबाट थापाको दुई तले कच्ची घरसहित घरभित्र रहेको खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, नगद एक लाख ५० हजार, बाख्राको गोठ र दुईवटा बाख्राको पाठासमेत जलेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । सुजनको घरबाट सल्किएको आगोले छिमेकी प्रकाश थापाको समेत घर जलेको छ ।
घरमा आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, नगद १ लाख ५० हजार, सुनरचाँदी, दुईवटा बाख्राको पाठा र भैंसीको पाडो समेत जलेको छ ।
आगलागीबाटट करिब २८ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै‚ अर्का छिमेकी मेखबहादुर थापाको समेत घर पूर्ण रुपमा जल्दा करिब २५ लाख बराबरको क्षति भएको छ ।
उक्त आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सहयोग बेलुकी सवा ९ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






