मुसोम र महासंघबीच सम्झौता
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग वाणिज्य महासंघबीच सम्झौता भएको छ । कर्णालीका आर्थिक स्रोतको खोजी गरी लगानी, व्यवस्थापन, सम्भाव्यताको पहिचान तथा बजारीकरण गर्न सम्झौता भएको हो ।

विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र महासंघबीच भएको सम्झौतामा मुसोमका निर्देशक डा. सुशिल कुमार शाही र महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले हस्ताक्षर गरेका छन् ।
कर्णालीको आर्थिक तथा शैक्षिक उन्नतिका लागि विभिन्न १७ वटा बुँदामा सहकार्य तथा समन्वय हुने सम्झौतामा उल्लेख छ । सम्झौताको अवधि ५ वर्षको रहने विश्वविद्यालयले जनाएको छ ।





