झारफुकको बहानामा किशोरीमाथि बलात्कार, १ जना पक्राउ

कैलाली :  १४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडबाट एक व्यक्ति पक्राउ परेका छन् ।

बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, आँखामा समस्या समाधानका लागि झारफुक गर्न गएको आफूलाई डगौराले मन्दिरमा नरिवल चढाउने बहानामा घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको बताएकी छन् ।

माघ २१ गते किशोरी बलात्कृत भए पनि ढिलो गरी जानकारी आएकाले डगौरालाई शुक्रबार मात्रै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका डगौरालाई अहिले जिल्ला प्रहरी कार्यालय, कैलालीमा राखिएको छ ।

यसैबीच बलात्कारकै अभियोगमा १५ वर्षीय किशोर पनि पक्राउ परेका छन् । १४ वर्षीया किशोरी बलात्कारको आरोमा घोडाघोडी नगरपालिका ८ का किशोर पक्राउ परेको इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले बताए । भट्का अनुसार किशोरमाथि लागको अभियोगबारे अनुसन्धान भइरहेको छ ।

(अनलाइनखबर)

झारफुकको बहानामा किशोरीमाथि बलात्कार, १ जना पक्राउ

प्रदेश सभाको हिउँदे अधिवेशन सुरु : ‘काम

झारफुकको बहानामा किशोरीमाथि बलात्कार, १ जना पक्राउ

नेकपा संसदीय दलको बैठकमा सरकारको आलोचना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds