मध्यपहाडी लोकमार्गमा सुख्खा पहिरो खस्दा यात्रु अलपत्र

प्रचण्ड खत्री , रुकुम पश्चिम, १४ माघ ।
रुकुम पश्चिमको मध्य पहाडी पुस्पलाल लोकमार्ग अन्तरगत सानीभेरी गाउँपालिकाको वडा नम्बर ९ सुहिहालेमा सुख्खा पहिरो खस्दा यात्रुहरु अलपत्र परेका छन् । पहिरोका कारण यातायात पूर्ण रुपमा बन्द हुँदा सयौ यात्रुहरु अलपत्र परेको चौरजहारीका स्थानीय डिल्ली कवरले युगन्यूजलाई बताए ।

‘मध्यपहाडी सडक पूर्ण रुपमा बन्द हुँदा गाडीमा सवार यात्रीहरु बीच बाटोमै अलपत्र भएका छन । गन्तब्य सम्म पुग्ने गरि सदरमुकाम खलंगाबाट गाडी चढेका यात्रीहरु बाटो बन्द हुदा बीच बाटो मै बास बस्न बाध्य परेका हु्न ।’
मंगलबार दिउसो २ बजेको समयमा आयको पहिरोले यात्रीलाई अलपत्र बनाएको छ भने भने पैदल यात्रीलाई समेत जोखिम मोलेर हिड्नुपर्ने बाध्यता भएको स्थानीय बिनोद डाँगीले बताए बताए । यसै मार्ग भएर चौरजहारी नगरपालिका, सल्यान, दाङ, जाजरकोट र प्रदेश राजधानी सुर्खेतको यात्रा गर्न सकिन्छ ।






