प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले गर्‍यो सरकारविरूद्ध आन्दोलन घोषणा

काठमाडौं, २१ पुस ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ। नेरास्ववियूका नेता रञ्जित तामाङका अनुसार पहिलो चरणको आन्दोलन सकिएपछि आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको छ। पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने उनले जानकारी दिए।

ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनले बताए।

यस्तो छ विज्ञप्ति:

प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूले गर्‍यो सरकारविरूद्ध आन्दोलन घोषणा

विप्लवका दुई जना कार्यकर्ता पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *