दुःखले घेरिएको परिवार

दैलेख, १२ पुस ।

ठाटीकाँध गाउँपालिका–६ टमटाटोलमा एउटा झुप्रो छ । त्यही झुप्रोमा अपाङ्ग आमा र भाईको रेखदेखमा तल्लिन हुन्छन् ११ बर्षिय प्रेम विक । प्रेम पाँच बर्षको छदाँ उनको बुबाको मृत्यु भयो । बुबाको मृत्यु हुँदा प्रेमका भाई पैल बिक एक बर्षका थिए । प्रेमकी आमा रुपा विक अपाङ्ग छिन् ।

सात बर्षअघि घर नजिकैको जंगलको घाँस काट्न जाँदा भिरबाट लडेपछि उनी घाइते भएकी थिइन् । घाइते भएकी रुपाको आर्थिक अभावले उपचार भएन । स्थानीय मेडिकलमा सामान्य उपचार भयो । तर निको भएन । अपाङ्ग पत्नी र नाबालक छोराहरु छोडेर रोजी रोटीको लागि भारत छिरेका रुपाका पतिको भारतमै मृत्यु भयो । अहिले यो परिवार दुःखै दुःखले घेरिएको छ । बुबाको मृत्युपछि अपाङ्ग आमा र भाईको हेरचाहाको जिम्मेवारी प्रेमको काँधमा छ ।

बिहानै उठेर खाना पकाउने, आमालाई खुवाउने, भाईलाई स्कुल पठाउने प्रेमको दिनचर्या हो । रकम अभावले आमाको उपचार गर्न नपाएको प्रेम बताउँछन् । ‘पैसा भइदिएको भए आमाको उपचार हुन्थ्यो, पैसा भएन, ‘गाउँका साहुले पनि पत्याएनन्, पैसा नहुँदा आमाले जीवनभरी अपाङ्ग भएर बाच्नुपर्ने भयो,’ प्रेम भन्छन् । कलिलो काँधमा घरको जिम्मेवारी थपिए पनि उनको पढइतिर भने उत्तिकै लगाव छ । ‘धेरैजसो समय आमा र भाईको हेरचाहामा बित्छ, प्रेम भन्छन्,‘फुर्सद भयो भने पढ्ने गरेको छु ।’ उनले उच्च शिक्षा पढ्ने सपना बोकेका छन् । पतिको मृत्युबारे रुपा अहिले पनि बेखवर छिन् ।

‘मजदुरी गर्न श्रीमानसँगै भारत गएका आफन्तले बिरामी परेर मृत्यु भयो भन्छन्, आफु जान पनि सकिएन, पत्याउनै प¥यो,’ रुपा भन्छिन्, ‘अरुको सहायताले दिशा पिसाब गर्न जानुपर्छ, आफु केही पनि गर्न सक्दिन, गरिबीको कारण जीवनभर अपाङ्ग भएर बाँच्नु परेको छ ।’ सम्पत्तिको नाममा सानो झुप्रो छ । मंसिर अन्तिम साता त्यही घर पनि भत्कियो । घर भत्किएपछि उनको परिवार अहिले खुल्ला आकासमुनी रात काट्न बाध्य छ । ‘गाउँपालिकाकाले अपाङ्ग भनेर चौमासिक १२ हजार सामाजिक सुरक्षा भत्ता दिन्छ, त्यही पैसाले छाक टार्दै आएका छौ,’ रुपाले भनिन् ‘नाबालक छोराहरुको पढ्ने धोको अधुरै रहने भयो ।’

दुःखले घेरिएको परिवार

एउटै कक्षामा १६८ विद्यार्थी !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds