कर्णालीमा कोरोनाबाट ज्यान गुमाउने १५ पुगे
सुर्खेत, ६ कात्तिक ।
कर्णालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ पुगेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो पटक मंगलबार राती रुकुमपश्चिमा एक महिलाको ज्यान गएको छ ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा ५७ बर्षिया एक महिलाको मंगलबार राती मृत्यु भएको हो । मृत्युपछि उनको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । केहीदिन अघिमात्र ति महिला चितवनमा क्यान्सरको उपचार गरेर घर फर्किएकी थिइन् ।
गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टले चौरजहारीमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएको बताइन् । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु भएका र मृत्युपछि कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या १५ पुगेको हो ।




