ओली-प्रचण्ड छलफल: विवाद मिलाउने जिम्मा कर्णाली कमिटीलाई नै

काठमाडौं, ४ कात्तिक ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मंगलबार बिहान करिब २ घण्टा भएको छलफलले कर्णालीको विवाद मिलाउने जिम्मा त्यहीँका कमिटीलाई दिने सहमति गरेको छ।


दुई अध्यक्षको भेटले कर्णाली प्रदेशमा उत्पन्न विवाद मिलाउने जिम्मा त्यहीँको कमिटीलाई दिने सहमति गरेको छ, प्रचण्ड सचिवालयले भन्यो, ‘केन्द्रले समस्या सल्टाउँदा नराम्रो सन्देश जाने र विषय पनि गिजोलिन सक्ने भएकाले त्यहीँका जिम्मेवार नेताहरुलाई विवाद मिलाउन दिँदा राम्रो हुने दुई अध्यक्षको निष्कर्ष रह्यो।’

अघिल्लो आइतबार कर्णाली प्रदेशका नेकपाका १८ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव राखेका थिए। त्यसपछि मुख्यमन्त्री शाहीले मुख्य सचेतक परिवर्तन गरिदिएका थिए। त्यसपछि उत्पन्न किचलो मिलाउन नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले कर्णाली प्रदेशका पार्टी कमिटी र मुख्यमन्त्री शाहीलाई काठमाडौं बोलाएका थिए।

कर्णालीबाट आएका नेताहरुलाई ओली र प्रचण्डले भेट गरेका थिए। यद्यपि, नेकपाका केन्द्रीय सदस्य निरज आचार्य विवाद उत्पन्न हुने बित्तिकै कर्णाली पुगेर माधव नेपाल निकटका नेताहरुलाई अविश्वास प्रस्तावबाट पछि हट्न सहमत गराएका थिए। उनकै कारणले त्यतिबेला बोलाइएको संसदीय दलमा ११ जना मात्रै उपस्थित भएर अविश्वास प्रस्ताव अलपत्र परेको थियो।

नेपाल लाइभबाट साभार ।

ओली-प्रचण्ड छलफल: विवाद मिलाउने जिम्मा कर्णाली कमिटीलाई नै

सम्पादकीयः कालोपत्रे सडकको सपना

ओली-प्रचण्ड छलफल: विवाद मिलाउने जिम्मा कर्णाली कमिटीलाई नै

कर्णालीका साढे चार लाख नागरिक निरक्षर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds