बर्दियामा एक महिनादेखि आतंक मच्चाउँदै आएको समस्याग्रस्त चितुवा पासोमा पर्‍यो

बर्दिया ,२७ कार्तिक ।
बर्दियाको राजापुर क्षेत्रमा एक महिनादेखि गाउँबस्तीमा पसेर पशुचौपाया मार्दै आएको समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय, बर्दियाले चार दिनअघि थापेको पासोमा परेर शुक्रबार बिहान चितुवा नियन्त्रणमा आएको हो ।

राजापुर नगरपालिका–३ तिघ्रास्थित सामुदायिक वन नजिक थापिएको पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ सहायक वन अधिकृत सन्तोष चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विगत एक महिनादेखि उक्त चितुवा गाउँबस्ती आसपासमै बस्दै आएको थियो । चितुवाले गाउँमा पसेर घरपालुवा पशुचौपाया मार्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए ।

यसअघि गत असोज २५ गते सोही वडाको चख्खापुरका ४२ वर्षीय मंगल थारुलाई चितुवाले आक्रमण गरी ज्यान लिएको थियो । मानवमाथि नै आक्रमण गरेर ज्यान लिएको घटनापछि चितुवालाई नियन्त्रणमा लिन वन कार्यालयले विशेष प्रयास गर्दै आएको थियो ।

पासोमा परेको चितुवालाई डिभिजन वन कार्यालय, बर्दिया, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीले संयुक्त रूपमा नियन्त्रणमा लिएका हुन् ।

चितुवा नियन्त्रणमा आएपछि लामो समयदेखि त्रासमा रहेका राजापुर क्षेत्रका स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् ।

बर्दियामा एक महिनादेखि आतंक मच्चाउँदै आएको समस्याग्रस्त चितुवा पासोमा पर्‍यो

छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार

बर्दियामा एक महिनादेखि आतंक मच्चाउँदै आएको समस्याग्रस्त चितुवा पासोमा पर्‍यो

बर्दियामा एक महिनादेखि आतंक मच्चाउँदै आएको समस्याग्रस्त

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!