सिँचाइ ड्याममा बेपत्ता युवकको २२ घण्टापछि शव फेला

दाङ ,२७ कार्तिक ।
दाङको घोराही उपमहानगरपालिका–१० अर्घुमा रहेको सिँचाइ ड्याममा डुबेर बेपत्ता भएका एक युवकको २२ घण्टापछि शव फेला परेको छ।
ड्याममा नुहाउने क्रममा डुबेर बेपत्ता भएका घोराही उपमहानगरपालिका–१२ बेलघार निवासी २३ वर्षीय अनुप चौधरीको शव सशस्त्र प्रहरी बल, नेपालको विशेष तालिमप्राप्त गोताखोर टोलीले आज बिहान ११:३० बजे फेला पारेको हो।
चौधरी हिजो दिउँसो अन्य ६ जना साथीसँगै ड्याममा नुहाउन गएका बेला पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।
घटना भएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोली परिचालन गरी खोजीकार्य सुरु गरिएको थियो। तर, लगातार खोजी गर्दा पनि हिजो उनलाई फेला पार्न सकिएको थिएन।
आज बिहानैदेखि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण मुख्यालय शमशेरगञ्ज, बाँकेमा रहेको प्रदेशस्तरीय विपद् व्यवस्थापन टोलीबाट सशस्त्र प्रहरी निरीक्षक आशिष रावतको कमाण्डमा विशेष तालिमप्राप्त गोताखोर टोली परिचालन गरिएको थियो।
खोजीका क्रममा गोताखोर टोलीले ड्यामको करिब ३० फिट गहिराइमा माटोमा गाडिएको अवस्थामा चौधरीको शव फेला पारेको हो।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण मुख्यालय ज्वालामाई दाङका गणपति सशस्त्र प्रहरी उपरीक्षक यदुकुमार कार्कीले घटनाबारे जानकारी दिँदै शव फेला परेको पुष्टि गर्नुभएको छ।

सिँचाइ ड्याममा बेपत्ता युवकको २२ घण्टापछि शव फेला

नेपालगन्जमा हिन्दू बहिनीसँग टीका लगाएर तिहार मनाउँदै

सिँचाइ ड्याममा बेपत्ता युवकको २२ घण्टापछि शव फेला

छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!