सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

सल्यान ,१४कार्तिक ।
सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
शुक्रबार साँझ श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु. १ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकामा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार्यालयका अनुसार मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन् ।
दुर्घटनामा घाइते हुनेमा सोही गाउँपालिका–२ का २४ वर्षीय देवबहादुर विक, ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका र १० वर्षीय युवराज परियार रहेका छन् ।
त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ का १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया रुपा बुढाथोकी पनि घाइते भएका छन् ।
घाइतेमध्ये देवबहादुर विक र कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको र केही घाइतेलाई थप उपचारका लागि दाङ र नेपालगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि जिप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा

सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!