जुम्लाको परम्पराः अपहरणपछि बलात्कार अनि विवाह

जुम्ला, २७ असोज ।

जुम्लाको पातारासी–३ स्थित महरी गाउँकी एक किशोरीलाई एक युवकले चार महिनाअघि जबर्जस्ती श्रीमती बनाए । त्यसको दुई महिनापछि पातारासी–२ तल्फीका युवाले हुरी गाउँकी एक युवतीलाई ‘तानेरै’ जबर्जस्ती विवाह गरे ।

केही दिनअघि मात्रै पातारासी गाउँपालिका–३ छुम गाउँकी एक युवतीलाई अपहरण शैलीमा श्रीमती बनाउने प्रयास भयो । यद्यपि, ती युवतीले यसलाई सहज रूपमा लिइनन् । र, ‘विद्रोह’ गरिन् । उनी अहिले आफ्नो जन्मघरमा बसेर आफूमाथि अन्याय गर्ने युवकमाथि कारबाहीका लागि लडाइँ लडिरेहकी छन् ।

अपहरण शैलीमा घर लगिन्छ र जबर्जस्ती शारीरिक सम्बन्ध राखिन्छ । यसपछि विवाहको रंग दिइन्छ । यस किसिमको घटना जुम्लामा अहिले पनि यथावत् छ । कसैले आफूमाथि भएको ‘अन्याय’लाई सहजै स्वीकार गरी विवाहका रूप दिन्छन् भने कसैले विद्रोह गर्छन् ।

विद्रोह गर्ने एक महिला हुन्– १९ वर्षीया सपना बोहोरा (नाम परिवर्तन) । उनलाई अपहरण शैलीमा कसरी लगियो र विवाह गर्न कतिसम्म यातना दिइयो, त्यो सुन्दा आङ नै जिरिङ्ङ हुन्छ । पत्याउनै गाह्रो हुन्छ ।

१० असोजको बेलुकी । पातारासी–३ छुम गाउँकी उनी आफ्नो घर फर्कँदै थिइन् । छिमेकी गाउँका डिलबहादुर बोहोराले सोधे, ‘कता जान लागेको रु’ उनले ‘घर जाँदै छु’ भनिन् । अपहरण शैलीमा घर लगिन्छ र जबर्जस्ती शारीरिक सम्बन्ध राखिन्छ । यसपछि विवाहको रंग दिइन्छ । यस किसिमको घटना जुम्लामा अहिले पनि यथावत् छ ।

केही बेरपछि डिल बोहोरासहित ५÷६ जनाको समूहले उनलाई तानेर घर लग्ने प्रयास ग(यो । उनले प्रतिकार गरिन् तर सकिनन् । उनीसँगै हिँडेका भतिजो पर्नेलाई पनि युवाको समूहले समात्ने प्रयास ग¥यो तर सकेन । उनी भागेर घर पुगे ।

युवा समूहले तानिरहँदा सपना धेरै चिच्याइन् । घटना सपनाको गाउँलेले थाहा पाउलान् भन्ने डरले हतार हतार गरेर उनलाई नदी कटाइयो । राति ८ बजे उनलाई डिलबहादुरको टोलीले गाउँ पु(यायो र अर्काको घरमा राख्यो ।

भोलिपल्ट दिनभरि अर्कैको घरभित्र सपना र डिल बहादुरलाई थुनियो । तीन दिनपछि डिलबहादुरको घरमा सपनालाई जबर्जस्ती भिœयाइयो । उनले धेरै पटक भाग्ने प्रयास गरिन् तर सफल भइनन् ।

‘मेरो डिलबहादुरसँग न प्रेम थियो, न कुनै भेट भएको थियो । मलाई जबर्जस्ती तानेर मेरो जिन्दगी बर्बाद पारियो,’ सपनाले भनिन् । भागेर गाउँ पुगेका ती बालकले सपनाका दाइलाई घटनाबारे जानकारी दिए । सपनाका दाइ बहिनीको खोजीमा निस्किए । उनी बहिनीलाई लगिएको घरमा पुगे तर कसैलाई देखेनन् ।

‘बहिनीलाई जबर्जस्ती बोकेर गाउँभन्दा धेरै टाढा लिइसकेका रहेछन्, मैले भेटाउन सकिनँ,’ सपनाका दाइ डिल्ली बोहोराले भने । ‘भोलिपल्ट गाउँका जान्ने–बुझ्ने चार गाउँले लिएर फेरि त्यही घरमा पुगें, दिनभरि सडकमा उभ्याए, बहिनी देखाऊ, ऊ खुसी छ कि छैन ? सोध्छु भन्दा देखाएनन्,’ उनले भने ।

उनले राति ४ बजे प्रहरीलाई खबर गरे । प्रहरी पनि त्यहाँ पुग्यो तर केही गरेन । भोलिपल्ट १० बजे उनकी बहिनीलाई गाउँ छेवैको चौरमा देखाउने र छलफल गर्ने भनियो । भोलिपल्ट पनि बहिनीलाई बाहिर निकालिएन । कारण रहेछ– वडाध्यक्ष निकै व्यस्त । वडाध्यक्ष कन्न बोहोराले डिल्लीलाई भने, ‘गाउँपालिकामा काम छ, भोलि आठ बजे छलफल गरौँला ।’

पातारासी–३ का वडाध्यक्ष कन्न बोहोराको उपस्थितिमा केटा र केटी पक्षबीच सम्झौता भयो– केटीले खुसी छु भने केटाले नै केटी राख्ने र खुसी छैन भने माइतीले लैजाने ।

तर केटा पक्षले सपनालाई दबाब दियो– सबैका अगाडि खुसी छु भन्नू । नत्र दुवै जनालाई चौकीमा लैजान्छौं । ‘मलाई खुसी छु भने भन्न निकै दबाब दिइयो । अनेक धम्कीसमेत दिइयो,’ पीडित सपनाले राजधानीसँग भनिन् । डिल्लीचौर प्रहरी चौकीका सहायक निरीक्षक कृष्ण शाहले घटनाबारे आफूलाई जानकारी नै नभएको जवाफ दिए । उनले यस घटनाबारे उजुरी पनि नपरेको बताए । तर स्वयं उनी गाउँमा पुगेको स्थानीयको भनाइ छ ।

अहिले सपना आफूलाई अन्याय गर्नेमाथि कारबाही हुनुपर्ने अडानमा छिन् । उनले भनिन्, ‘बरु मर्छु, त्यो घरमा जान्नँ । अरूले बेइज्जत हुने डरले सहेर बसे, म यस्तो कुप्रथा अन्त्य भएको हेर्न चाहन्छु ।’

पातारासी–३ छुमका स्थानीय राजेन्द्र बोहोरा मौका छोपेर अपहरण शैलीमा घर लैजाने अनि बलात्कार गरेर श्रीमती बन्न बाध्य पर्ने घटना जुम्लामा यथावत् रहेको बताउँछन् । यो कुप्रथाले महिला अधिकारको खिल्ली उडाएको उनको भनाइ छ । यसरी बनेका वैवाहिक सम्बन्ध नटिक्ने समेत उनको दाबी छ । केटाले राम्रो लागेको केटीलाई जबर्जस्ती श्रीमती बनाउन पाउने यस्तो कुप्रथा अन्त्य हुनुपर्ने उनको धारणा छ ।

राजधानी दैनिकबाट साभार ।

मानबहादुर कुँवर

सम्पादकीयः प्रहरीमा अनुशासन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds