जीप दुर्घटनामा वडा अध्यक्षसहित ६ जनाको मृत्यु

राजेन्द्र शाही/विराखोला
सुर्खेत, २१ असोज ।
जाजरकोट जुनिचाँदे गाउँपालिका वडा नं. १ औलखोलामा बुधबार दिउँसो गाडी दुर्घटनामा परेकोछ । जाजरकोट खलंगाबाट यात्रु लिएर जुनिचाँदे गाउँपालिका वडा नं. ४ विराखोला जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको थियो । भे १ ज  ९३५ नम्बरकाे बाेलेराे जीप सडकदेखि एक सय मिटर तल खसेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बाेलेराे जीप दुर्घटनामा वडा अध्यक्षसहित ६ जनाको मृत्यु भएको भने २ जना बेपत्ता भएको अनुमान गरिएको छ । चुनिचाँदे गाउँपालिका वडा नं. १ को औलखोला नजिककै सडकबाट १०० मिटर खोलामा खस्दा गाडी खसेर दुर्घटना भएको जनाइएको छ । मृत्यु भएका पाँच जनाकाे नाम ठेगाना खुलेकाे छ भने एक जना पहिचान खुल्न सकेकाे छैन ।

दुर्घटनामा परी गाडी क्षतविच्छेद हुँदा गाडी नम्बर समेत एकिन हुन सकेको छैन भने जीपमा सवार के कति यात्रु थिए त्यसको एकिन भएको छैन । प्रहरी चौकी पन्चालाबाट घटना स्थलमा प्रहरीको टोली पुगेको छ । दुर्घटनामा परी नेकपा प्रदेश कमिटी सल्लाहकार चुनीचाँदे गा.पा.–११ का कृति बहादुर शाही, जुनिचाँदे गाउँपालिका वडा नं. ११ का जनप्रतिनीधि वडा अध्यक्ष अमर बहादुर शाहीकाे निधन भएकाे छ ।

त्यसैगरी जुनिचाँदे वडा नं. ११ कै अहेव खेमराज शाही, जुनिचाँदे–५ का कृष्ण बहादुर शाही, चुनिचाँदे–५ का जेटिए जागिरमा परिक्षा दिन आएका मालिका बस्नेत गरी पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते नर बहादुर बुढालाई थप उपचारका लागि नेपालगंजतर्फ लगिएको छ भने मृतकहरुको शव संकलन गर्ने कार्य जारी रहेको प्रहरीले घटनास्थलबाट जानकारी दिएको छ ।

जीप दुर्घटनामा वडा अध्यक्षसहित ६ जनाको मृत्यु

अहिलेसम्मकै धेरै कोरोना संक्रमित, सक्रिय संख्या २५

जीप दुर्घटनामा वडा अध्यक्षसहित ६ जनाको मृत्यु

एमयूमा शुल्क घटाउन माग

Leave a comment

Your email address will not be published. Required fields are marked *