अहिलेसम्मकै धेरै कोरोना संक्रमित, सक्रिय संख्या २५ हजार नाघ्यो

काठमाडौं, २१ असोज ।

बुधबार थप ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।

यस अवधिमा कोरोनाबाट १ हजार १२६ निको भएका छन्। यीसहित कुल निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ। मृतक थप १५ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट ५ सय ७८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस दिन १४ हजार २०९ जनाको पिसिआर परीक्षण भएको छ।

अहिलेसम्मकै धेरै कोरोना संक्रमित, सक्रिय संख्या २५ हजार नाघ्यो

वामदेवको रिटमाथिको सुनुवाई स्थगित

अहिलेसम्मकै धेरै कोरोना संक्रमित, सक्रिय संख्या २५ हजार नाघ्यो

जीप दुर्घटनामा वडा अध्यक्षसहित ६ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *