घुयँत्राे:ग्यासको लाइनमा जनता, फेसबुकमा सरकार–विरोधीको खोजी !

ऐले सुर्खेताँ ग्याँस छैन । ग्यासका लागि मान्छेलहरु ग्याँस स्टेसनमा लाईन बस्या हुन्छन । जता हेर्याे त्यतै यतिलामाे ग्यासका सिलिन्डरकाे लाई हुन्छ । मान्छे रातकाे निद मारेर लाईनमा बसीरहेका छन । सुर्खेत उपत्यकामा दैनिक हजारपन्द्रसय ग्याँस वितरण भएकैछन । एक्कैछिन पछि वा भाेलिपल्ट फेरि त्यतिनै लामाे लाईन देखिन्छ । रातभरी लाईनमा नबस्ने मान्छेलाई ग्यास नदिने सनउहरकाे नियम भएकाले हामी रातिमा बस्न नसक्ने मान्छेले ग्याँस पाउन्नम् । लाईनमा बस्नेले ग्याँस लगेकैछन तर पनि किन ग्याँसकाे किन हाँहाँकारछ बुझ्नै सकिएकाे छैन । खासमा विक्रेताले नयाँ ग्यास पनि बेचेकाेछैन । हाम्ले सरसर्ति हेर्दा तिनै पुराना सिलिन्डर लिएर ग्याँस दिने गरिएकाेछ । के सुर्खेते यति धेरै धनी रैछन त ,याैटाले घरमा १०/१५ वटा सिलिन्डर राखेर त्यै सिलिन्डरमा ग्याँस भरेर लैजान्छन त । के हाे याे ग्याँस अभावकाे रहस्य ? भन्न त रास्वपाहरु हाम्राे सरकारलाई असफल पार्न ग्याँस अभनव गराईया छ , ग्याँसमा कालाे बजारी भाछ भन्छन तर लाईनमा वाने कसैले पनि कालाे बजारी गरेकाे देखिन्न । आयल निगममा कैले कहाँ कति सिलिन्डर आउँछ भनेर ग्याँसकाे संख्या सार्वजनिक गर्याछ अनि व्यापारीले नि लाईनमा आँफुकहाँ आउने जत्तिकै संख्यामा सिलिन्डर राख्न लगाउँछ । सबै मान्छेले आफ्नै आँखाले हेर्याछन । निगमले नि ताेकेकाे भन्दा कम ग्याँस पठा छैन तर पनि जति ल्याए पनि सुर्खेताँ ग्याँस पुग्या छैन किन हाे यसमा सराेकारवाला निकायले अनुसन्धान गर्नु पर्ने जस्ताे भाे किन भने सुर्खेतमा कति घर कति हाेटेल कति चुल्हा ती सबैकाे बिवरण लिएर पुग्दाे मात्रामा ग्याँस नदिने हाे भने त हामी जस्ता साेझासाझा र रातिराति सिलिन्डर लिएर दाैडिन र लाईनमा बस्न नसक्ने मान्छेले त कैल्यै पनि ग्याँस पाउन नसक्ने स्थिति पाे देखियाे त ! सरकारी दलका नेताहरुनि ग्याँसै लग्न नसक्ने व्यक्तिहरुलाई ग्याँस सहजरुपमा उपलब्ध गराई दिने ब्यवस्थातिर भन्दानि माेबाईलमा बसेर पुरानादलकालाई गालि गर्न ठिक्कैछ । पुराना दलले त भदाै २४ गत्याट सरकार छाेड्या हुन आैँलै भाँचेर गनेनि उनरले राजकाज छाेड्या एघार मैनै पुगि सक्याे । उनरु सत्ताच्युत भएछि अरुलेनै सत्ता समालेकाेनि याे दाेश्राे सरकार हाे तर पनि रास्वपाका साथिहरु ग्याँस अभाब गराकाे पुराना दलले हाे भनेर गालिगलाैज गर्दै जनतालाई ग्याँस दिने जिम्मेवारी तिनै पुराना दलकाे हाे भनेर ठाेकुवा गर्दैछन र ग्याँसकाे वितरण सहज बनाउन पहल गर्नुकाे सट्टा पुरानै दलका नेतालाई सत्ताेसराप गरेर बस्दा हामी जस्ता असहाय मान्छेहरुले ग्याँस पाउने र चुल्हाे जलाउने उपाए देखेकाछैनाैँ । साँच्चै सरकारलाई सघाउने र जनतालाई सेवा दिने कर्तव्य ठान्ने हाे भनेत रास्वपाले ग्याँस वितरण सहज बनाए हुने हाे किनभने जनता भनेका त देशमा जसले जतिबेलासम्म शासन गर्छ त्यतिबेलासम्म त उसैका त हुन त ! नेताका रिसले जनतालाई अप्ठ्यारो पार्नु र यी जनता पुराना दलका हुन तिनलाई सुविधा किन दिने ? भनेर वकालत गरिनु राम्रो कुराे हैन । खासै भन्ने हाे भनेत ऐलेकाे रास्वपाकाे सरकार भनेकाे त तिनै एमाले काँग्रेस र माओवादिकै कार्यकर्ता र समर्थकले बनाकाे त हाे । रास्वपाहरले चुनाब प्रचार र भाेट माग्दै तपाईं हरुले पाटि वरिवर्तन गर्नै पर्दैन , जुन पाटिमा हुनुहुन्छ त्यै पाटिमा रहेर भाेटहाल्नाेस ” चुपचाप घण्टी छाप” भन्ने त नेताहरुकाे नारै थियाे त ! अनि ऐले आएर पुराना दल, पुराना दलका नेता, तिनैले सरकार ढाल्न र सरकारकाे बदनाम गराउन ग्याँसकाे कालाे बजारी गर्याछन भनेर सामाजिक सन्जालाँ लेख्दैमा आँफु चाेखाे हाेईन्न है नेताजीहर ! तपाईंहरु त पुरानाले भन्दा राम्रो गर्छम् भनेर चुनाब लडनु भाे , जनताले दुई तिहाइ दिए ,सरकार बनाउनु भाछ अब
जनतालाई कसरी खुसी , सुखी र समृध्द बनाउन सकिन्छ भनेर सेवा दिने हैन र ? गाली गरेर मात्रै ग्याँस अभाबले समाधान पाउला र ? एकपटक गहिरिएर साेच्ने हाे कि ?

” बिरसिक्का “

घुयँत्राे:ग्यासको लाइनमा जनता, फेसबुकमा सरकार–विरोधीको खोजी !

एमाले सच्चिन थालेको हो? विद्यार्थीको हातबाट सूर्य

घुयँत्राे:ग्यासको लाइनमा जनता, फेसबुकमा सरकार–विरोधीको खोजी !

कर्णालीमा पूर्व बाल क्लब सदस्य संगठित, बालअधिकारका

Leave a comment

Your email address will not be published. Required fields are marked *