घुयँत्राे:”राज्यको सुविधा हरायो, सामाजिक सञ्जालमा रुवाबासी बढायो!”

हैन ओ जेनजी सरकार ! ह्वाँ माधब कुमार नेपाल ( माकुने)ज्युकाे किन चित्त दुखाउनु भा छ के । यसरी बुढाे मान्छ्या चित्त दुखाउँदा तपाईंहरलाई पाप लाग्ला है बिचार गर्नाेस । कैले याैटै पाटिका नाममा प्रचण्डले चित्त दुखाउने अनि कैले सरकारले चित्त दुखाउने गरेछि ह्वाँ मन धान्न र चित्त बुझाउन काँ जाने के । सरकारले चित्त दुखाएरै त हाेला बिचरा माकुने जी पूर्व प्रधानमन्त्री भएरनि मैले राज्यकाे सुबिधाँ खाई खेल्न नपाउने भनेर सामाजिक सञ्जालभरि रुवाबासी गर्या देख्दा मलाई नि याे सरकारसित साह्रै चित्त दुख्याछ । देशकाे प्रधानमन्त्री भएर राज्यकाे ढुकुटीयाँ खेल्या अनि पदाट बाहिरिँदानि आँफुहरलाई भरपुर सुबिधाट लटिपटि हुने अबसर जुटाएर राज्यले पूर्व प्रधानमन्त्रीका नाममा निरन्तर भेटि चढाओस र आँफुले निस्फिक्र खाई खेल्न पाईयाेस भनेर प्लान बनाएर आजसम्म निरन्तर राज्यकाे ढुकुटीयाँ खाईखेल्ने र रमनउने गर्या बेलाँ काँट याे जेनजीका नाममा बालेन सरकार आएर वुढानेता र “पूर्वपद” धारण गर्या व्यक्तिलाई राज्यकाे सुविधाट बन्चित गर्देछि बिचराहरु किन रुवाबासी नगरुन तनि । पुराना नेता जतिकाे याे धर्तियाट उठिवासै गराउने ,पत्तासाफै गर्ने नीति याे दुई तिहाइकाे सरकारले ल्याहाे भने त मलाई भन्नू केही छैन हैन भने त बिचरा हेर्नाेस त माधब नेपाल कसरी रुनुभाछ । सामाजिक सञ्जालाँ सुन्नु भए हाेलानि ” म पूर्व प्रधानमन्त्री जस्ताे मानेलाई नचढने गाडि छ , न हाल्ने तेल छ , न सुरक्षा दिने गार्ड छ , न खाने पेन्सनछ , नबस्ने बास छ , म अब याे देशाँ बस्दैन अमेरिकातिरै जान्छु , मेरा लागि याे देश काम लाग्दाे छैन ” भन्दै रुँदै गर्षा देख्दा कुनचाहिँ जनताकाे मन कटक्क खान्न । हुन पनि बिचारालाई न पाटियाँ महत्व द्याछन न सडकाँ महत्व द्याछन आखिर भन्ने बेलाँ उपनेता भन्ने तर कामका बेलाँ उपति न पापतिकाे नेता बनाईदेछि उनकाे पनि त मनै हाे रुन्यै त भाे । बिचराकाे हुँदा खाँदाकाे पाटिनि प्रचण्डले खाईदे । आफ्नाे पाटि हुँदा दशै जना कार्यकर्ता मात्रै किन नहुन पाटि अध्यक्ष भनेर त्यै सानमा जिउन पाथे । राजनीतिक मैदानाँ प्रचण्ड ,देउबा,वलि बराबरकाे सानथ्याे । तर जुन दिनाट प्रचण्ड शीत पाटि एक बनाएर के के नै गर्छु अब ठूलै पाटिकाे नेता बन्छु , सत्ता त अब हाम्राे देब्रे हातकाे खेल हाे भनेर प्रचण्डकाे पुच्छर बनेर हिँडे तबदेखि बिचराकाे हरि विजाेग भाछ । याे देशाँ कमिनिष्टका हर्ताकर्ता भन्या मिस्टर केपि वलि परे उनी माधब नेपालकाे सन्धगन्धै मन पराउँदैनन । प्रचण्ड कमरेड कमिनिष्ट बिचकाे खिचडि पकाउनु पर्याेभने एक्लै सुटुक्क वलिकाँ पुग्छन अनि वलि र प्रचण्ड वीच के के पाक्याे त भनेर जब सामाजिक सन्जालाँ छरपस्ट भएर आउँछ तब त्यै हेरेर बिचरा माकुनेजीले था पाउनु हुन्छ अनि मन त त्यसै भतभति पाेलि हाल्छ नि । जब मन पाेल्न शुरु गर्छ तब अन्तर कुन्तरमा रहेका वेदना छताछुल्ल भएर आउँछन त्यसपछि सरकारसित मात्रै हैन अनि देशैसित नि सिकायत रहन्छअनि देशै छाेडेरजान मन लाग्छ बिचरा माधबजीलाई । सरकार ! भाेलि तपाईं हरुनि बुढाे हुनु हाेला अनि त्याे बेला सरकार चलाउने जेनजीले ऐले माकुने जीकाे सुख सुविधा खाेसेजसरि खाेसे भने के गर्नु हुन्छ ? त्यसैले जे भाे भाे विचरा माधबजीलाई अमेरिका जान बाध्य गराएर पेट पाल्न याे बुढेस कालाँ ग्राेसरिमा र मार्टमा काम गर्न जान बाध्य नपार्नुस हाम्राे नि चित्त दुख्छ के ! लाै सरकार हाम्राे कुराकाे सुनुवाई हाेस माधबजी हाँसीखुसी यै देशाँ बस्न पाउन । संसारबाटै कमिनिष्काे पतन भा काे बेलाँ नेपालाँ कमिनिष्टकाे सरकार बनाएर देशकाे नाम राेसन गरेका नेपालका कमिनिष्ट नेताहरुकाे आबस्यकता सकिया हाे र ?
“बिरसिक्का”




