प्रदेश-५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने नेकपाको प्रस्ताव

काठमाडौं, १६ असोज ।

प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको प्रस्ताव सभामा पेश हुँदै छ। प्रदेश ५ को राजधानी भालुवाङ राख्ने सहमति नेकपाभित्र भएको पार्टी स्रोतले जानकारी दिएको छ।

सभामुख पूर्णबहादुर घर्तीले यो सम्बन्धी प्रस्ताव सभामा पेश गर्न कार्यविधिबारे जानकारी गराउँदै प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

नेकपा स्रोतका अनुसार अनुसार प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका छन्।

शुक्रबार प्रदेश ५ सरकारको मन्त्रिपरिषद बैठक बसेर यसबारे निर्णय गरेको स्रोतले जानकारी दिएको छ। मन्त्रिपरिषद्को निर्णय भने सार्वजनिक भएको छैन।

अहिले प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले यससम्बन्धी प्रस्ताव पेश गरेका छन्।

प्रदेश-५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने नेकपाको प्रस्ताव

अमेरिकी राष्ट्रपति दम्पतीलाई कोरोना सङ्क्रमण

प्रदेश-५ को नाम लुम्बिनी र राजधानी भालुवाङ बनाउने नेकपाको प्रस्ताव

डा. सापकोटाको निधनले कर्णालीवासीलाई अपूरणीय क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!