डा. केसीको जीवनरक्षा गर्न आवासीय चिकित्सकहरुको माग

काठमाडौं, १२ असोज ।

सरकार अनसनरत डा गोविन्द केसीका मागप्रति उदासिन भएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरूले असन्तुष्टि जनाएका छन् । उनीहरुले डा केसीको अनशनप्रति समर्थन जनाएका छन् ।

अनसन बसेको १५ औं दिन भइसक्दा पनि वार्ताको कुनै पहल नगरेको भन्दै आवसीय चिकित्सकहरूले एक विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै उनीहरुले सरकारले तत्काल वार्ता नगरे कडा कदम चल्ने चेतावनी दिएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सहरूले केही दिन अघिदेखि डा केसीका मागको समर्थनमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन् । नेसनल डाक्टर्स एसोशियसन त्रिवि शिक्षण अस्पतालका अध्यक्ष डा शुवास देवकोटा, रेसिडेन्ट एसोसिशयसन अफ न्याम्सका अध्यक्ष डा प्रकाश भट्टराई र विपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा राजेन्द्र घिमिरेद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा डा केसीको माग पुरा गरी जीवन रक्षा गर्न सरकारलाई आग्रह गरिएको छ ।

डा. केसीको जीवनरक्षा गर्न आवासीय चिकित्सकहरुको माग

७ लाखले जागिर पाएको तथ्याङ्क

डा. केसीको जीवनरक्षा गर्न आवासीय चिकित्सकहरुको माग

राष्ट्रपति भण्डारीबाट तेजाबलगायत तीन अध्यादेश जारी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds