अब सातै प्रदेशमा प्रतिष्ठानका प्रकाशन

काठमाडौं, ११ असोज ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्रकाशन अब सातै प्रदेशमा पुग्‍ने भएका छन् । प्रज्ञा(प्रतिष्ठानले आफ्ना प्रकाशन मुलुकका सातै प्रदेश र विदेशमा बिक्री गर्नसक्ने सञ्जाल बनाएको छ ।

आधिकारिक बिक्रेता छनोटका लागि २०७७ साउन २२ गते प्रथमपटक र भदौ २६ गते दोस्रोपटक गोरखापत्र राष्ट्रिय दैनिकमा सार्वजनिक सूचनामार्फत बोलपत्र आह्‍वान गरेको थियो । निर्धारित सर्तका अधिनमा रही पुस्तक तथा पत्रपत्रिका वितरण गर्न तयार भएका बोलपत्रदातामध्ये मकालु प्रकाशन गृहको बोलपत्र रितपूर्वक हुन आएकाले स्वीकृत भई सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल प्रज्ञा(प्रतिष्ठानका तर्फबाट सदस्य(सचिव जगतप्रसाद उपाध्याय र मकालु प्रकाशन गृहका तर्फबाट प्रबन्ध निर्देशक वासुदेव ढकालले हस्ताक्षर गरेका छन् । उपाध्यायले प्रज्ञा(प्रतिष्ठानको प्राज्ञिक गौरवका रूपमा रहेका नेपाली बृहत् शब्दकोशका साथै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिक शास्त्रलगायत विषयसँग सम्बद्ध ग्रन्थ र पत्रपत्रिकालाई मकालु प्रकाशन गृहले देशका सबै प्रदेशअन्तर्गत रहेका जिल्ला र विदेशमा समेत पुर्‍याउनेमा प्रज्ञा(प्रतिष्ठान विश्वस्त रहेको धारणा व्यक्त गरे ।

मकालुका वासुदेव ढकालले प्रज्ञा(प्रतिष्ठानका सम्पूर्ण प्रकाशन सम्झौताबमोजिम देशका सबै भागमा र विदेशमा पुर्‍याउने प्रतिबद्धता जाहेर गरे ।

अब सातै प्रदेशमा प्रतिष्ठानका प्रकाशन

के निर्णय गर्‍यो आज बसेको मन्त्रिपरिषद् बैठकले

अब सातै प्रदेशमा प्रतिष्ठानका प्रकाशन

‘स्टोरी बैंक’ स्थापना गर्दै चलचित्र विकास बोर्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds