देशभरबाट ४१७ जना बिचौलिया पक्राउ

काठमाडौँ, १९ वैशाख । 

पछिल्लो एक महिनाको अवधिमा देशभरबाट चार सय १७ बिचौलिया पक्राउ परेका छन् । नेपाल प्रहरीले काठमाडौँ उपत्यकाबाट १२३, कोशी प्रदेशबाट ४५, मधेसबाट ५०, बागमतीबाट ७६, गण्डकीबाट २७, लुम्बिनीबाट ४४, कर्णालीबाट २४ र सुदूरपश्चिमबाट २८ जनालाई गरेको हो ।

पक्राउमध्ये १२१ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गरिएको र २९६ जना व्यक्तिलाई छानबिनपछि छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले जानकारी दिए । बिचौलियारहित, नागरिकमैत्री, कानुनसम्मत, पारदर्शी र छिटोछरितो प्रभावकारी सेवा प्रवाहलाई सहज बनाउन प्रहरीले भूमिका खेल्दै आइरहेको उनको भनाई छ ।

वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गर्ने सात पक्राउ

त्यसैबीच, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेह्रथुमका ४० वर्षीय सुरज पन्धाक लिम्बू, सोलुखुम्बुका ४६ वर्षीय कमलबहादुर पुलामीमगर र २९ वर्षीय सागर शेर्पा, काभ्रेपलाञ्चोकका ३९ वर्षीय विनोद थापा, २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज गौतम तथा सिन्धुपाल्चोकका ५६ वर्षीय सूर्यप्रसाद कोइराला छन् ।

उनीहरूले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै युवासँग करोडौँ रकम असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न पक्राउ

सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका–५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  चन्द्रागिरी नगरपालिका–६ मातातीर्थ क्षेत्रमा बाटोमा हिँडिरहेकी महिलाको सुनको सिक्री लुटपाट गरेको घटनाको अनुसन्धानका क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

देशभरबाट ४१७ जना बिचौलिया पक्राउ

सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा

देशभरबाट ४१७ जना बिचौलिया पक्राउ

बाँकेमा राष्ट्रिय पोषण स्क्रिनिङ अभियान :  कुपोषण

Leave a comment

Your email address will not be published. Required fields are marked *