जुम्लामा दूरीअनुसार भाडादर निर्धारण

गाेल्डेन बुढा
जुम्ला ,२ चैत।
जुम्लामा सार्वजनिक यातायातका साधनको भाडादर पुनःसमायोजन गरिएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा गत फागुन २८ गते सरोकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि तथा यातायात व्यवसायीबीच बसेको बैठकले जुम्ला बजारबाट विभिन्न गन्तव्यतर्फ सञ्चालन हुने बस तथा जिप/भ्यानका लागि दूरीका आधारमा नयाँ भाडादर निर्धारण गरेको हो।बैठकको निर्णयअनुसार जुम्ला जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधन (बस, जिप, भ्यान र अटो) मा दूरीका आधारमा नयाँ भाडादर लागू गरिएको छ। पछिल्लो समय इन्धनको मूल्यमा भएको उतारचढाव, सवारी सञ्चालन लागत, सडक अवस्थालगायतका पक्षलाई ध्यानमा राख्दै भाडादर समायोजन गरिएको प्रशासनले जनाएको छ। जिल्लाभित्रका विभिन्न रुटमा चल्ने सवारी साधनको भाडा पुनःनिर्धारण गरी व्यवस्थित बनाउने उद्देश्यले नयाँ दर कायम गरिएको बताइएको छ।बैठकले यात्रुको सुरक्षासँग सम्बन्धित विषयलाई समेत प्राथमिकतामा राख्दै केही महत्वपूर्ण व्यवस्थाहरू लागू गर्ने निर्णय गरेको छ।

निर्णयअनुसार जिल्लाभित्रका राजमार्गमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा नेपाल सरकारको कानुन अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा महिलाका लागि आरक्षण सिट र छुटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। साथै यात्रु बोक्ने सबै सवारी साधनमा टिकट व्यवस्था अनिवार्य गरिने निर्णय गरिएको छ।यससँगै क्षमताभन्दा बढी यात्रु राखेर सवारी सञ्चालन गर्ने प्रवृत्तिलाई रोक्न सिट क्षमताअनुसार मात्रै सवारी सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरिने जनाइएको छ। प्रशासनका अनुसार यात्रु सुरक्षासँग सम्बन्धित यस्ता व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिनेछ।इन्धनको मूल्यमा फेरबदल भएमा सरोकारवाला पक्षसँग छलफल गरी यातायात भाडादर पुनः समायोजन गरिने निर्णय पनि बैठकले गरेको छ। केही समयअघि हिमा सहित प्रदेश (ख) का विभिन्न स्थानका अगुवा व्यक्तिहरूले सार्वजनिक यातायातको भाडादर पुनःनिर्धारण गर्न माग गर्दै प्रशासनसमक्ष निवेदन दिएका थिए।स्थानीय हर्षबहादुर शाहीले भाडादर निर्धारणको प्रक्रिया सम्पन्न भएकोमा सरोकारवाला सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन्। उनले प्रशासनले गरेको निर्णय अब प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। राजमार्गमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलाका लागि आरक्षण सिट तथा छुटको व्यवस्था कार्यान्वयन हुनु सकारात्मक कदम भएको उनको भनाइ छ।यसअघि हिमा, सिंजा, तिला र कनकासुन्दरी क्षेत्रका अगुवा व्यक्तिहरूले समेत यातायात भाडादर नियमअनुसार निर्धारण गर्नुपर्ने माग गर्दै विभिन्न समयमा निवेदन दिँदै आएका थिए।निर्णयअनुसार जुम्ला बजारदेखि विभिन्न गन्तव्यसम्मको भाडादर ताेकिएकाे छ।जुम्लाबजारदेखि उमाडसम्म ६ किलोमिटर बसको ४० रुपैयाँ र जिप/भ्यानको ५० रुपैयाँ निर्धारण गरिएको छ। जुम्लाबजारदेखि तातोपानीसम्म १२ किलोमिटर बसको १ सय १० रुपैयाँ र जिप/भ्यानको १ सय ४० रुपैयाँ तोकिएको छ। जुम्लाबजारदेखि राकासम्म १६ किलोमिटर बस १ सय ५५ रुपैयाँ र जिप/भ्यान १ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ।यस्तै कुडारीसम्म २० किलोमिटर बसको १ सय ८५ रुपैयाँ र जिप/भ्यानको २ सय ३० रुपैयाँ तोकिएको छ। रारालिहीसम्म २६ किलोमिटर बसको २ सय ३० रुपैयाँ र जिप/भ्यानको २ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ। नाग्मासम्म ३१ किलोमिटर बसको ३ सय ४५ रुपैयाँ र जिप/भ्यानको ३ सय ८५ रुपैयाँ तय गरिएको छ।जुम्लाबजारदेखि देपालगाउँसम्म ६ किलोमिटर बसको ४५ रुपैयाँ र जिप/भ्यान ९० रुपैयाँ निर्धारण गरिएको छ। गर्ज्याङकोटसम्म ११ किलोमिटर बसको १ सय ४० रुपैयाँ र जिप/भ्यान १ सय ८५ रुपैयाँ छ। गुठिचौरसम्म १६ किलोमिटर बसको ३ सय २० रुपैयाँ र जिप/भ्यान ३ सय ७० रुपैयाँ तोकिएको छ।मणिसाँघुसम्म २५ किलोमिटर बसको ४ सय ४१५ रुपैयाँ र जिप/भ्यान ४ सय ६० रुपैयाँ निर्धारण गरिएको छ। चौत्रासम्म ३२ किलोमिटर बसको ४ सय ६० रुपैयाँ र जिप/भ्यानको ४ सय ४५ रुपैयाँ तोकिएको छ।उर्थुचौतारासम्म ८ किलोमिटर बसको ७५ रुपैयाँ र जिप/भ्यानको ९० रुपैयाँ निर्धारण गरिएको छ। लासीसम्म १३ किलोमिटर बसको १ सय ६५ रुपैयाँ र जिप/भ्यानको १ सय ८५ रुपैयाँ निर्धारण गरिएको छ। लुमसम्म १७ किलोमिटर बसको १ सय ८५ रुपैयाँ र जिप/भ्यानको २ सय ३० रुपैयाँ निर्धारण गरिएको छ।तल्फीसम्म २ सय ५ किलोमिटर बसको २ सय ३० रुपैयाँ र जिप/भ्यानको २ सय ७५ रुपैयाँ निर्धारण गरिएको छ। स्यालागडि गाउँसम्म २७ किलोमिटर बसको २ सय ७५ रुपैयाँ र जिप/भ्यानको ३ सय ३२० रुपैयाँ तोकिएको छ।पटमारासम्म १४ किलोमिटर जिप/भ्यान २ सय २३० रुपैयाँ तोकिएको छ। खालीसम्म १८ किलोमिटर जिप/भ्यानको ३ सय ७० रुपैयाँ निर्धारण गरिएको छ। जुम्ला बजारदेखि न्याउरीघाडसम्म २६ किलोमिटर जिप/भ्यान ६ सय ४५ रुपैयाँ भाडादर तय गरिएको छ।काभ्रासम्म ३२ किलोमिटर जिप/भ्यान ७ सय ३५ रुपैयाँ र चौथासम्म ३८ किलोमिटर जिप/भ्यान ९ सय २० रुपैयाँ निर्धारण गरिएको छ। बुलबुलेसम्म ४१ किलोमिटर जिप/भ्यान १ हजार १ सय ५ रुपैयाँ तोकिएको छ।जुम्ला बजारदेखि त्रिवेणीटोप्लासम्म ४० किलोमिटर बसको ५ सय ५५० रुपैयाँ र जिप/भ्यानको ७ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ।यस्तै नाग्मादेखि जुगाडासम्म ५ किलोमिटर बसको २५ रुपैयाँ र जिप/भ्यानको ७५ रुपैयाँ तोकिएको छ। बड्की सम्म १२ किलोमिटर बसको ६० रुपैयाँ र जिप/भ्यानको १ सय ६५ रुपैयाँ छ। आचार्यलिही सम्म १५ किलोमिटर बसको १ सय १५ रुपैयाँ र जिप/भ्यानको २ सय ६० रुपैयाँ निर्धारण गरिएको छ।चुलेलगाउँसम्म २० किलोमिटर बसको २ सय ५ रुपैयाँ र जिप/भ्यान ३ सय ५ रुपैयाँ नयाँ भाडादर निर्धारण गरिएको छ। रोकायाबाडासम्म २३ किलोमिटर बसको ३ सय रुपैयाँ र जिप/भ्यानको ३ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।नाग्मादेखि गोठिजिउलासम्म ३५ किलोमिटर बसको ३ सय ३२० रुपैयाँ र जिप/भ्यानको ३ सय ८० रुपैयाँ तोकिएको छ।

मालिकाबोतासम्म ४५ किलोमिटर बसको ३ सय ४५ रुपैयाँ र जिप/भ्यानको ४ सय ४० रुपैयाँ निर्धारण गरिएको छ। बुलबुलेसम्म ६२ किलोमिटर बसको ३ सय ९० रुपैयाँ र जिप/भ्यानको ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ।अटो भाडातर्फ जुम्ला बजारदेखि उमगाडसम्म ५ किलोमिटर ५० रुपैयाँ, उमगाडदेखि लाम्रासम्म ३ किलोमिटर ३० रुपैयाँ, लाम्रादेखि तातोपानीसम्म ४ किलोमिटर ४० रुपैयाँ, तातोपानीदेखि कुडारीसम्म ८ किलोमिटर ८० रुपैयाँ, कुडारीदेखि रारालिहीसम्म ५ किलोमिटर ५० रुपैयाँ र रारालिहीदेखि नाग्मासम्म ७ किलोमिटर ७० रुपैयाँ निर्धारण गरिएको छ।

जुम्लामा दूरीअनुसार भाडादर निर्धारण

सोह्र औषधि पसल निलम्बनमा

जुम्लामा दूरीअनुसार भाडादर निर्धारण

दलित अधिकार: जनयुद्ध अघि-पछिको यात्रा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!