स्मृतिमा : ३७ बर्षपछिको चौरजहारी रुकुम
जागिरे शिलशिलामा ३७ वर्ष पहिले अर्थात ४५ बैशाख १ गते देखी लागु हुने गरी बैशाख १०/१२ गते चौरजहारीमा हिडेरै पहिलो पटक आएका थिएँ । २०८२ पौष १६ गते जाजरकोटमा सुर्खेतबाट गाडीमा पुगेँ । साँझ त विजुली बलेको जस्तो ठुलै शहर जस्तो देखिन्थ्यो । विहान जाजरकोट सदरमुकाम खलगांबाट हेर्दा त सेताम्मे सेतो कपास भरिएको जस्तो मानौँ जाडोले चौरजहारी नगरी सेतो कपासले लटपटिएको जस्तो लाग्यो ।
मध्यान ११–१२ बजे तिर मात्र खुल्यो तै पनि आफू बसेको पुरानो ठाउँ, पुराना मानिससँग भेटघाट गर्ने सुरले गाडीबाट भेरीवारी पुगेँ । पारी मटेला पुल तरेर अटो रिक्साबाट चौरजाहारी वजारमा जहाँ राष्ट्रिय वाणिज्य बैंक शाखा एक्लैको सेवा थियो । जनताबाट पनि प्रिय नै थियो । महिला विकास शाखाबाट सिफारिस समूहगत महिलालाई ऋण दिनु पर्ने पुरुषलाई पनि व्यापार कर्जा सुन कारोवार र अन्य ५, ७ वटा सहकारी कार्यालयको कामको चापले ४/५ जना कर्मचारी व्यस्त हुन्थ्यौँ । आजकाल राष्ट्रिय वाणिज्य बैँक रहेको घर पुरानो भएको सो बैँक र अन्य बैँक एनआईसी एसिया बैँक शाखाको साईनो बोर्ड नयाँ नयाँ घरले पुुरानो सडक घर बजारले कोल्टे फेरेको पुरानोको । नाम निसाना केहि पनि नभएको । चिने जानेको मान्छे कोही नदेखिएको । बजार वरिपरी हिडे पुरानो मुस्लिम व्यापारी कोहि चिनिएन । नयाँको हाकुभाकु कोहि नचिनेको हुनाले आउ भन्ने कुरै भएन ।
अरु बजार विचमा स्वामी रुखको वरिपरी कपडा वेरेर दिसापिसाव फेरेको । सो स्थानलाई स्थानीय बजारको वासीको सहयोगबाट सफा गरी सानो लक्ष्मी नारायणको मन्दिर बनाइएको थियो । एक जना महानन्द गौतमजिलाई पुजारी बनाई दैनिक पुजा आजा गराईएको थियो । बैंक कर्मचारी र व्यापारी मिलेर मासिक सेवा गरेका थियौँ । तिनि मन्दिरको स्थान खाली भएको स्वामी वृक्ष पनि एक्लै भएको महसुस भयो । बैँक घरधनि दिलवहादुर भण्डारी र उनको जेठी बुहारी दुई छोराको मृत्युले मन खिन्न भयो, अर्का व्यापरी दिल वहादुर वलीको पनि धर्मपत्निको मृत्यु भएको । धर्मराज श्रेष्ठ नेपालगञ्ज झरेका/पूजा गर्ने पुजारीको पनि मृत्यु भएको दिल वहादुर वलीसँग भेट गर्दा यो मन्दिर म एक्लै भएपनि बनाउने हो । अहिले परिवार बितेकाले ढिला भयो भन्नुभयो । उहाँलाई केही आश्वासन दिएर परिवारको सम्झनामा राम्रै गर्नुहोला भनियो । उहाँको नाति, नातिना अमेरिका, अस्ट्रेलिया रहेछन् जेहोस् उहाँलाई राम्रै रहेछ ।
लक्ष्मी नारायण भगवानको कृपा रहिरहोस् । उहाँको सबै परिवारमा/उहाँको आथित्यमा विस्कुट र चिया लियौँ । ४०/५० वर्ष पहिले हामी लेजर पल्टाउने कर्मचारीहरु आफ्ना ग्राहक आएमा कोही पाहुना कर्मचारी आएमा मनैले भएपनि स्वागत गरिन्थ्यो । घर कहाँ पर्यो, के कामले आउनुभयो, केही सेवा थियो कि भनिन्थ्यो । मतलव व्यवहारिक भएर काम गर्ने चलन बसेको थियो । तर रहिले कम्प्युटर चलाउने कर्मचारी भएर मेसिन भयो । मानिस मुखी भएनन् । नचिनेको ग्राहक जस्तो भएर फर्कियो । अहिलेको गणतन्त्रको शिक्षा वारी जाजरकोट खलंगा हिउँदमा पहाडिलो घाम लागेको भिरफोडेर घर पाँच छ तले बनेका हावा पानी राम्रो । शान्त जिल्ला सदरमुकामलाई जमिनको कमि भएको । राज्यबाट पनि तेरो मेरो नभनि समथर स्थानमा नेपालको भू–बनोट हेरेर कृषि भेटेनरी वनको प्रचुर आएछ भन्ने राम्रो सोच राखेर भेटिए विद्यालय, सबै रोगको उपचार हुने खालको अस्पताल बनाउन पर्ने हो त्यो समझदारी छैन । मतलव भेरीवारी/भेरीपारी प्रसस्त छ खाली जमिन त्यो जिल्ला पश्चिम रुकुम/वारी जाजरकोट सदरमुकामा निर्माण गर्ने समथर जमिन छैन । केही निर्माण गर्नुपर्ने भएपनि सालका रुख जडा उखेल्न जमिन खोतल्दै गैटी र गोदाली, गिटी, बालुवा र ढुङ्गा प्रशस्त भेरीको पानी । त्यहि सामान उकाले लागि सालका रुख फडानि र पैसाको नोक्सानी । सालको रुख आफैमा वलियो र धनवान रुख हो । तेरो मेरो जिल्ला नभनि भेटिए फाइदा लिनु पर्ने हो ठुला वडाले जे सोच्यो त्यहि हुकुम । जिल्ला जाजरकोट, पश्चिम रुकुम । पृथ्वि नारायन शाहले पानीसम्म जग्गामा घर नबनाउने निति थियो । उपयोग नभएको जमिन खेर नफाले हुन्थ्यो । राणाकालिन समयमा पनि चन्द्र शमसेरले सल्यानबासीलाई काम लागेको छ । अझै पनि लागेकै छ । भेरीवारी, पारी मोटर बाटो त्यहि मोटर गाडी चलाउन छैन पक्की पुल वारी पारी । त्यसरी नदिको वेग नरोकिएझै गाडी कुडाउन पर्ने हो भने नारायणघाट मुग्लिन, गजुरी, खानीखोला दोहोरो गाडी कुद्ने मार्ग हुन जरुरी छ । धेरै दुर्घटना हुन्थेन जस्तो लाग्छ । खंलगा वजार जाजरकोट एक किनारा अर्को किनारामा चौरहजारी नगरपालिका बजार खंलगा वजार भन्दा ठुलो एरिया छ । त्यहाका दुवै जिल्ला वासिन्दालाई गाडीबाट सरासर आउ जाउ सुविधा तत्कालै हुन पर्ने हो । दुई बजार जोड्न पक्की पुल निर्माणाधिन छ । कहिलेसम्म हो जिल्ला रुकुम । ठुलावडाको हुकुम । राम्रो विकास राम्रो शिक्षा राम्रो स्वास्थ्य कहिले मिल्ला यो मेरो सानो सोचाई । अहिलेका कम्प्युटर वादिलाई घोचाई ।
प्रस्तोता
पूर्ण प्रसाद गौतम
वी.न.न.पा. इत्राम, सुर्खेत





