जुम्लामा होली र निर्वाचनबीच कडाइ, भिडभाड निषेध

गाेल्डेन बुढा

जुम्ला ,१७ फाल्गुन ।

फागुपूर्णिमा (होली) र प्रतिनिधि सभा सदस्य निर्वाचन एकै समयावधिमा परेकाले जुम्लामा प्रशासनिक सतर्कता उच्चतम स्तरमा पुर्‍याइएको छ। चाडपर्वको सामाजिक उल्लास र निर्वाचनको संवैधानिक दायित्वबीच सन्तुलन कायम गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले कडाभन्दा कडा सार्वजनिक सूचना जारी गर्दै पर्वलाई निजी दायराभित्र सीमित गर्न र निर्वाचन आचारसंहिताको पूर्ण पालनामा सर्वसाधारण, राजनीतिक दल र सरोकारवालालाई आव्हान गरेको छ।

प्रशासनले स्पष्ट पारेको छ ,कि फागुन १८ गते पहाडी भेगमा मनाइने रंगहरूको पर्व फागुपूर्णिमा (होली) को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरे पनि, सार्वजनिक स्थानमा भिड जम्मा हुने, सडक केन्द्रित कार्यक्रम आयोजना गर्ने प्रवृत्तिले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई चुनौती दिने भएकाले यस वर्ष त्यस्ता गतिविधिहरू गर्न कुनै पनि अनुमति नदिइने छ। निर्वाचन सम्पन्न नभएसम्म सार्वजनिक भिडभाड र कार्यक्रम पूर्ण रूपमा निषेध गरिने प्रशासनले जनाएको छ।पर्वलाई धार्मिक, सांस्कृतिक र सामाजिक मूल्यमान्यताको संरक्षण र संवर्द्धन हुने गरी आफ्नै घरपरिवार र घरको परिसरभित्र सीमित राख्न आग्रह गर्दै प्रशासनले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र नागरिक मर्यादा कायम राख्न जोड दिएको छ। जबर्जस्ती रंग दल्ने, लोला हान्ने, पानी छ्याप्ने, बाटो ढुकेर बटुवालाई दुःख दिने, सवारी साधन रोकी रकम असुल्ने, मदिरा सेवन गरी सवारी चलाउने, अनावश्यक हो–हल्ला गर्ने, मोटरसाइकल पड्काउँदै हिँड्ने जस्ता अमर्यादित तथा गैरकानुनी गतिविधिहरू कडाइका साथ रोक्ने चेतावनी प्रशासनले जारी गरेको छ।निर्वाचन आचारसंहिता, २०८२ को दृष्टिले यो समय संवेदनशील रहेको उल्लेख गर्दै प्रशासनले राजनीतिक दल, उम्मेदवार, निर्वाचन व्यवस्थापनमा खटिने कर्मचारी, मतदाता, निजी क्षेत्र, गैरसरकारी संस्था, सञ्चार माध्यम, धार्मिक संघसंस्था, नागरिक समाज र सम्पूर्ण सरोकारवालालाई आचारसंहिताको अक्षरशः पालनामा आह्वान गरेको छ। निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, ब्याज, मास्क, लकेट लगाउने वा झोला बोक्ने जस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

उल्लंघन भएमा जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत वा नजिकको सुरक्षा निकायलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ।जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न यातायात व्यवस्थामा पनि अभूतपूर्व कडाइ गरिएको छ। एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, CD लेखिएका सवारी, कूटनीतिक नियोगका निलो नम्बर प्लेट भएका सवारी, शववाहन, अस्पताल सेवा, विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका सवारी साधन तथा अनुमति प्राप्त सवारी बाहेक अन्य सम्पूर्ण सार्वजनिक र निजी सवारी साधन फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म बन्द रहनेछन्।त्यस्तै, निर्वाचन व्यवस्थापनका लागि कर्मचारीहरू मतदान केन्द्रमा खटिनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेकका सेवाहरू—नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र—फागुन १९ देखि २२ गतेसम्म स्थगन गरिने निर्णय गरिएको छ। मतदानस्थल रहेका शिक्षण संस्था तथा विद्यालयहरूमा फागुन १९ देखि २२ गतेसम्म, र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय नेपाल सरकारबाट भएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिए।स्थानीयका अनुसार प्रशासनको यो कदम पर्वको उमंग र निर्वाचनको सुरक्षा दुवैलाई सन्तुलनमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्ने, राजनीतिक प्रभावरहित वातावरण निर्माण गर्ने र शान्तिपूर्ण मतदान सुनिश्चित गर्ने रणनीतिक पहलको रूपमा लिइएको छ। होली र निर्वाचन एकैसाथ परेकाले सुरक्षा, मर्यादा र लोकतान्त्रिक प्रक्रियालाई प्राथमिकता दिने प्रशासनको स्पष्ट संकेत देखिएको छ।

जुम्लामा होली र निर्वाचनबीच कडाइ, भिडभाड निषेध

जनता समाजवादी पार्टी नेपालको नेपालगञ्ज–५ मा बृहत्

जुम्लामा होली र निर्वाचनबीच कडाइ, भिडभाड निषेध

घुयँत्राे:“जेनजीको ज्वाला, सत्ता अर्कैको माला”

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds