मधेश प्रदेशमा कजारियाको विस्तार : जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन

जनकपुर,६ फाल्गुन।

प्रिमियम तथा नवीन डिजाइनका टायल उत्पादनमा अग्रणी ब्रान्ड कजरियाले मधेश प्रदेशमा आफ्नो बजार उपस्थिति विस्तार गर्दै जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम सञ्चालनमा ल्याएको छ। बाबा अटोमाटा ट्रेडिङ प्रा.लि.द्वारा सञ्चालित उक्त शोरूम जनकपुर तथा आसपासका क्षेत्रमा उच्च गुणस्तरका टायलप्रति बढ्दो मागलाई सम्बोधन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनीले जनाएको छ।
शुक्रबार बिहान ११ बजे आयोजित विशेष समारोहबीच शोरूमको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा उद्योग व्यवसायी, स्थानीय अगुवा, ग्राहक तथा क्षेत्रका अग्रणी इन्जिनियर र आर्किटेक्टहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गुणस्तरीय पूर्वाधार तथा निर्माण विकासप्रति क्षेत्रको बढ्दो चासो र प्रतिबद्धता उक्त सहभागिताबाट झल्किएको आयोजकले बताएका छन्।
शोरूमको उद्घाटन  कजरीया रमेश टायल्स लिमिटेड (केआरटीएल) का निर्देशक  हिमान्शु अग्रवालले रिबन काटेर गरेका हुन्। समारोहमा  युरुसा (मिस नेपाल इन्टरनेशनल २०२५) र दिपशिखा  (मिस नेपाल कोसमो २०२५) को उपस्थिति रहेको थियो, जसले कार्यक्रममा थप गरिमा र आकर्षण थपेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक अग्रवालले मधेश प्रदेशका ग्राहक तथा व्यावसायिक साझेदारप्रति आभार व्यक्त गरे। उनले जनकपुरजस्ता प्रमुख सहरमा कजारियाको विस्तार हुनु नेपालका निर्माण तथा पूर्वाधार क्षेत्रमा देखिएको सकारात्मक गतिशीलताको संकेत भएको बताए। “यस्ता पहलहरूले उपभोक्तालाई गुणस्तरीय तथा विश्वसनीय उत्पादनमा सहज पहुँच दिनुका साथै रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक वृद्धिमा समेत टेवा पुर्‍याउँछन्,” उनले भने।
जनकपुरको प्रमुख स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरू आधुनिक र व्यवस्थित ढंगले प्रदर्शन गरिएको छ। ग्राहकहरूले आवासीय, व्यावसायिक तथा आर्किटेक्चरल प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइन, आकार र शैलीका टायलहरू एकै स्थानमा अवलोकन तथा छनोट गर्न सक्नेछन्। ग्राहक–मैत्री वातावरण र समसामयिक प्रदर्शन शैलीले खरिद अनुभवलाई अझ सहज र परिष्कृत बनाउने विश्वास कम्पनीले लिएको छ।


केआरटीएलले नेपालमै देशकै ठूलो टायल उत्पादन उद्योग स्थापना गरी टायल क्षेत्रमा नयाँ मापदण्ड कायम गरेको जनाएको छ। अत्याधुनिक प्रविधिसहित अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन गरिने टायलहरू टिकाउपन, सौन्दर्य र उच्च प्रदर्शनका लागि परिचित छन्। कम्पनीसँग हाल ३,००० भन्दा बढी डिजाइन विकल्प उपलब्ध रहेका छन्, जसले आन्तरिक तथा बाह्य सजावटलाई दीगो र आकर्षक बनाउने लक्ष्य राखेको छ।
हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूममार्फत आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको छ। कम्पनीका उत्पादनमा ग्लेज्ड भिट्रिफाइड टायल (६०x१२० से.मी., ६०x६० से.मी., १९.५x१२० से.मी.), हेभी ड्युटी ग्लेज्ड भिट्रिफाइड टायल (४०x४० से.मी.) तथा सेरामिक वाल टायल (३०x६० से.मी., ३०x४५ से.मी.) समावेश छन्। यी टायलहरू पानी तथा दाग प्रतिरोधी, बलिया, दीगो र समसामयिक डिजाइनमा उपलब्ध रहेका कारण बजारमा लोकप्रिय बन्दै गइरहेका छन्।
जनकपुरमा नयाँ शोरूम उद्घाटनसँगै कजारियाले मधेश प्रदेशमा आफ्नो व्यापारिक सञ्जाललाई थप सुदृढ बनाउँदै निर्माण क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

मधेश प्रदेशमा कजारियाको विस्तार : जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन

जुम्लामा सात उम्मेदवार अझै प्रतिज्ञापत्र बिनानै जनताको

मधेश प्रदेशमा कजारियाको विस्तार : जनकपुरमा नयाँ एक्सक्लुसिभ शोरूम उद्घाटन

घुयँत्राे: “सरकारलाई दुर्गा एलर्जी: जहाँ प्रसाईं, त्यहाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *