चुनावी एजेण्डामा सीमित खड्कवार–घुइँयाबारी सडक 

बाँके, ३ फागुन । 

बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कवार–घुइँयाबारी हुँदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माण चुनावी एजेण्डामा सिमित भएको छ । प्रत्येक निर्वाचनमा खड्कवार–घुइँयाबारी सडक निर्माणलाई राजनीतिक दलले चुनावी एजेण्डा बनाए पनि सडक निर्माण भने हुन सकेको छैन ।

वि.सं. २०१५ देखि नै चुनावी नारा बन्दै आएको यो सडक निर्माणको एजेण्डालाई यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि राजनीतिक दलका उम्मेदवारले प्राथमिकतामा पारेका छन् ।

कोहलपुर नगरपालिका वडा नं. १२ र १३ लगायत कोहलपुरलाई आर्थिक तथा सामाजिक रुपले सवल बनाउन कोहलपुर–चपरगौंडी–खडकवार–घुइँयाबारी हँुदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग बनाउन जरुरी रहेको नेकपा एमाले बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार सूर्य ढकालले बताए ।

“यो सडक निर्माणले बाँके र सल्यानका जनताको आर्थिक जीवनस्तर उठाउन कोशेढुङ्गा सावित हुनेछ,छोटो र कम खर्चमा यात्रा गर्न सकिने यो सडक हाम्रो प्राथमिकतामा छ”,उम्मेदवार ढकालले भने,“यो सडक सञ्चालन गर्न सके पहाडको उत्पादन तराई र बाँकेको उत्पादन सल्यान लगायतका स्थानहरुमा पुर्‍याउन सकिन्छ ।”

नेपाली कांग्रेसकोतर्फबाट बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नारायण गौडेलले यो सडक निर्माणको लागि आफूले प्रयत्न गर्दै आएको बताए । खड्कवार–घुइँयाबारी सडकखण्डका लागि बजेट विनियोजन गर्न दबाब दिन विगतमा नेपाली कांग्रेसले   पदयात्रा गरेको स्मरण गर्दै उम्मेदवार गौडेलले यो सडक निर्माणलाई आफूले चुनावी एजेण्डा बनाएको बताए । यो सडक दूरीका हिसाबले पनि अत्यन्त छोटो छ । खड्कवार हुँदै सल्यान घुइँयाबारी पुग्न २० किलोमिटरभन्दा कम छ । यो सडकको परिकल्पनाकार नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला भएको गौडेलको दाबी छ ।

अन्य राजनीतिक दलका उम्मेदवारले पनि यो सडक निर्माणलाई प्राथमिकतामा राखेका छन् । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं.१ मा उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्र पाण्डे, रास्वपाका सुरेश चौधरी र प्रगतिशिल लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले पनि खडकवार–घुईयावारी सडक निर्माणलाई चुनावी एजेण्डा बनाएका छन् ।

चुरे, भावर, समथर भू–भाग, मठमन्दिर, बाँके राष्ट्रिय निकुञ्ज यही बाटोमा पर्ने भएकोले पर्यटकीय हिसावले पनि यो बाटो महत्वपूर्ण छ । यो मार्ग बनाउनको लागि लामो समयदेखि कुरा उठ्दै आएता पनि यसले मूर्तरुप लिन नसकेको कोहलपुर नगरपालिका–१३ का स्थानीय अगुवा लालबहादुर रानाले बताए ।

कोहलपुर–चपरगौँडी–खडकवार–घुइँयाबारी हँुदै सल्यान जोड्ने अन्तरप्रदेश पर्यटकीय मार्ग निर्माण भए कोहलपुरको दुर्गम भेगका रुपमा रहेको वडा नं. १३ का खड्कवार लगायतका गाउँवस्ती सडक सञ्जालसँग जोडिने उनको भनाई छ ।

चुनावी एजेण्डामा सीमित खड्कवार–घुइँयाबारी सडक 

पुराना र नयाँको नाममा भ्रम छर्ने काम

चुनावी एजेण्डामा सीमित खड्कवार–घुइँयाबारी सडक 

प्रतिनिधिसभा सदस्य निर्वाचन सुर्खेत क्षेत्र नम्बर २

Leave a comment

Your email address will not be published. Required fields are marked *