२०८२ फाल्गुन २९ गते
×

Now Playing

फागुन २१ को निर्वाचन लाई लक्षित गर्दै बालेन शाह जुम्ला आउदै

काली बहादुर परियार

जुम्ला,१६ माघ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह आज जुम्ला आउने भएका छन । चुनावी प्रचार अभियान अन्तर्गत शाह शुक्रबार साँझ जुम्ला पुग्ने कार्यक्रम तय भएको छ ।

बालेन लाई स्वागत गर्न राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाको टोली अहिले कालिकोटमा प्रस्थान भएको जनाइएको छ । जुम्ला आगमन पछि शाहले जिल्लाको धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित चन्दननाथ मन्दिरमा दर्शन गर्नेछन । त्यसपछि उनले पातारासी क्षेत्रको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

रास्वपाका जिल्ला सभापति मक्कर भण्डारीका अनुसार बालेन शाहको आगमनले जुम्लामा पार्टीको चुनावी गतिविधि थप सक्रिय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । उनका अनुसार शाहले स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारण सँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम र दृष्टिकोणबारे जानकारी दिनेछन ।

शाहको जुम्ला आगमनलाई लिएर जिल्लामा रास्वपाका नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन । उनीहरू निर्वाचनको तयारीलाई थप मजबुत बनाउँदै प्रचार अभियानलाई तीव्र पार्ने तयारीमा जुटेका छन ।

फागुन २१ को निर्वाचन लाई लक्षित गर्दै बालेन शाह जुम्ला आउदै

चुनाव लक्षित प्रेस चौतारी नेपालको बैठक सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds