खजुरा–जानकी ३३ केभी प्रसारण लाइन परियोजनालाई तीव्रता

बाँके,७ माघ ।

बाँकेका खजुरा र जानकी गाउँपालिकामा निर्माणाधीन ३३ केभी प्रसारण तथा वितरण लाइन र सबस्टेशन परियोजनालाई तीव्रता दिन सरोकारवाला निकायबीच समन्वय र सहकार्य गर्ने सहमति भएको छ।  परियोजना कार्यान्वयनका क्रममा देखिन सक्ने सम्भावित अवरोध पहिचान गरी समाधान गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरण, एआइआइबी आयोजनाका प्रतिनिधि, स्थानीय तह र निर्माण पक्षबीच छलफल तथा समन्वय गरिएको हो ।

सोमबार खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक तुफान, नेपालगञ्ज वितरण केन्द्र प्रमुख सञ्जयकुमार मिश्र, एआइआइबी फिल्ड इन्चार्ज राजकुमार बोहरा, खजुरा उपवितरण केन्द्र इन्चार्ज दिनेश कुमार वली तथा निर्माण व्यवसायी त्रिलोक धितालसहितको टोलीले परियोजना स्थलको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पालिका प्रमुख र वडा अध्यक्षहरूसँग छुट्टाछुट्टै छलफल गर्दै सरोकारवाला पक्षको सक्रिय सहभागितामा रुट क्लियर गरी देखिएका समस्याहरू समाधान गरिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले जानकारी दिए ।

हाल खजुरा क्षेत्रमा एउटा मात्र ११ केभी फिडरमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । वितरण केन्द्र प्रमुख मिश्रका अनुसार सबस्टेशन सञ्चालनमा आएपछि चारवटा ११ केभी फिडर सञ्चालनमा आउनेछन्, जसले खजुरा र आसपासका क्षेत्रमा भरपर्दो, सुरक्षित र निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ । परियोजना सम्पन्न भएसँगै वितरण क्षमता सुदृढ हुने, विद्युत् आपूर्ति प्रणाली मजबुत बन्ने, ऊर्जा गुणस्तरमा सुधार आउने र लाइन हानि न्यून हुने खजुरा उपवितरण केन्द्रका इन्चार्ज वलीले बताए । यसले विशेषगरी उद्योग, व्यवसाय र सर्वसाधारण उपभोक्तालाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार परियोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्र ३३ केभी लाइन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । लाइन सञ्चालनमा आएपछि गर्मी मौसममा बारम्बार देखिने विद्युत् आपूर्ति समस्या समाधान हुने र समग्र क्षेत्रमा आर्थिक तथा औद्योगिक गतिविधि थप सुदृढ हुने विश्वास लिइएको छ ।

खजुरा–जानकी ३३ केभी प्रसारण लाइन परियोजनालाई तीव्रता

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

खजुरा–जानकी ३३ केभी प्रसारण लाइन परियोजनालाई तीव्रता

हिमा–सिंजामा चुनावी अन्योल

Leave a comment

Your email address will not be published. Required fields are marked *