२०८२ फाल्गुन २९ गते
×

Now Playing

बाँकेमा शीतलहरः जनजीवन कष्टकर

बाँके, १७ पुस ।
बाक्लो हुस्सु, कुहिरो र शीतलहरका कारण बाँकेमा अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । पुस लागेदेखि एक–दुई दिन बाहेक घाम नलाग्दा चिसो झनै बढेको स्थानीयवासी बताउँछन् । चिसोका कारण दैनिक जनजीवन, यातायात तथा आर्थिक गतिविधिमा समेत असर परेको छ ।
अत्याधिक चिसोलाई मध्यनजर गर्दै बाँकेका आठ वटै स्थानीय तहले दाउरा तथा कम्बल वितरण सुरु गरेका छन् । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन रुपन ज्ञवालीका अनुसार हालसम्म विभिन्न पालिकाबाट १ हजार ८० थान कम्बल वितरण भइसकेको छ । जानकी गाउँपालिकामा ८ सय, राप्तीसोनारी गाउँपालिकामा १ सय ८०, कोहलपुर र खजुरामा ५०–५० थान कम्बल वितरण गरिएको छ भने बैजनाथ गाउँपालिकाले पनि वितरण सुरु गरेको जनाएको छ । अझै १ हजार ७ सय ८० थान कम्बल मौज्दात रहेको छ ।
त्यसैगरी सार्वजनिक स्थानमा आगो ताप्नका लागि दाउरा वितरण भइरहेको छ। ६४ चट्टा दाउरा मौज्दात रहेकोमा नरैनापुरले १० चट्टा तथा बैजनाथ र राप्तीसोनारीले २–२ चट्टा दाउरा वितरण गरिसकेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले पनि चोकचोक र भिडभाड हुने स्थानमा आगो ताप्न दाउरा उपलब्ध गराउन थालेको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार शीतलहर पूर्वकार्य अन्तर्गत स्थानीय तहले दाउरा वितरण, सचेतना र राहतका काम तीव्र बनाएका छन् । नेपाली सेनाको बज्रदल गण राँझाले पनि खजुरा, पुरनै, फुलटेक्रा, आलानगर लगायत स्थानमा चिसो पीडितलाई दाउरा सहयोग गरेको जनाएको छ ।
चिसो बढेपछि बाँकेका सबै पालिकाले विद्यालयमा जाडो बिदा दिएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष बाँकेमा करिब ३६ हजार घरपरिवारका १ लाख ७६ हजार नागरिक चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै पूर्वतयारी र प्रतिकार्य योजना अनुसार काम भइरहेको जनाएको छ ।
बाँकेमा शीतलहरः जनजीवन कष्टकर

विद्यार्थीलाई ३० रुपैयाँमा खाना

बाँकेमा शीतलहरः जनजीवन कष्टकर

निर्वाचन अधिकृतको कार्यालय स्थापना

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds