“बालबालिकाको समग्र विकासका लागि शिक्षा मात्र होइन, अतिरिक्त क्रियाकलाप पनि जरुरी’ — प्रमुख अतिथि ग्यारी गोड्याड”

बाँके ,१५ कार्तिक

कोहलपुर–१० स्थित जीवन ज्योति विद्यालयले कक्षा २ र ३ का विद्यार्थीहरूको अभिभावक दिवसको अवसरमा विविध सांस्कृतिक तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ। शनिबार सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले दुई दर्जनभन्दा बढी भाषा, संस्कृति, जातजाति र परम्पराका नृत्य तथा नाटकहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका सहयोगी संस्था लिङ्क्स टु नेपालका प्रतिनिधि ग्यारी गोड्याडले विद्यार्थीहरूको समग्र विकास देखेर आफू अत्यन्त खुशी भएको बताउनुभयो। उहाँले बालबालिकाको गुणस्तरीय शिक्षासँगै पाठ्यक्रमबाहिरका सीप र क्षमता विकासमा जोड दिनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले अभिभावक, शिक्षक र विद्यार्थी सबैको मेहनतका कारण विद्यालय आज नमूना विद्यालयका रूपमा अघि बढिरहेको बताउनुभयो। उहाँले विद्यालयको १२ वर्षे यात्रामा सृजनात्मक र अनुशासित विद्यार्थी उत्पादन गर्न लागिपरेको उल्लेख गर्नुभयो।

फादर जेम्सले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमार्फत प्रतिभा विकास गर्न विद्यालयले प्रत्येक कक्षाको अभिभावक दिवसलाई अवसरको रूपमा उपयोग गर्ने गरेको बताउनुभयो। साथै, उहाँले “मोबाइल फोन बालबालिकाको दुव्यर्सनको कारण बन्न सक्छ” भन्दै कक्षा ८ भन्दा तलका विद्यार्थीलाई मोबाइल नदिन अभिभावकहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा अभिभावक सङ्घका फुलाराम थारू, चण्डी प्रसाद गैरे, साथै कक्षा २ र ३ का अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

“बालबालिकाको समग्र विकासका लागि शिक्षा मात्र होइन, अतिरिक्त क्रियाकलाप पनि जरुरी’ — प्रमुख अतिथि ग्यारी गोड्याड”

जेन्जी आन्दोलनका नाममा भएका अपराधिक गतिविधिमा संलग्नलाई

“बालबालिकाको समग्र विकासका लागि शिक्षा मात्र होइन, अतिरिक्त क्रियाकलाप पनि जरुरी’ — प्रमुख अतिथि ग्यारी गोड्याड”

अन्वेषकहरूको अन्टार्कटिकातर्फ यात्रा : एक लाख ३०

Leave a comment

Your email address will not be published. Required fields are marked *