रुम टु रिड र पिस नेपालको सहयोगमा कनकमुनि मावि सहित कपिलवस्तुका १५ वटा बिद्यालयमा १४औं अन्तर्राष्ट्रिय बालिका दिवस उत्साहपूर्वक मनाइयो

१५, कार्तिक २०८२
कपिलवस्तु ।“म बालिका हुँ, संकटको अग्रपंक्तिमा नेतृत्व गर्न सक्छु” भन्ने मूल नाराका साथ १४औं अन्तर्राष्ट्रिय बालिका दिवस कपिलवस्तु जिल्लाका १५ वटै विद्यालयमा विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।

रुम टु रिड र पिस नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रमबारे जानकारी दिँदै पिस नेपालका बालिका शिक्षा कार्यक्रमका कार्यक्रम अधिकृत भोजसिं खड्काले सबै विद्यालयमा बालिका सशक्तिकरणका गतिविधि सहित बिबिध अतिरिक्त क्रियाकलाप गरेर मनाइएको बताउनुभएको छ।


सोही अवसरमा शुक्रवार श्री कनकमुनि माध्यमिक विद्यालय, कपिलवस्तुमा पनि बालिका दिवस विशेष कार्यक्रमका साथ मनाइएको थियो। विद्यालयमा विभिन्न तहका विद्यार्थीबीच चित्रकला, निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता गरी दिवस मनाइएको हो।

प्राथमिक तहमा चित्रकला प्रतियोगिता

प्राथमिक तह (कक्षा १ देखि ५) का विद्यार्थीबीच राष्ट्रिय जनावर गाईको चित्र बनाउने विषयमा चित्रकला प्रतियोगिता आयोजना गरिएको थियो।
कुल ३३ जना विद्यार्थीले सहभागिता जनाएका सो प्रतियोगितामा कक्षा ४ की रुबी दुषाध प्रथम, कक्षा ४ की सिमा यादव द्वितीय, र कक्षा ४ का आर्यन मुराउ तृतीय हुनुभएको विद्यालयले जनाएको छ।

निम्न माध्यमिक तहमा निबन्ध प्रतियोगिता

निम्न माध्यमिक तह (कक्षा ६ देखि ८) का विद्यार्थीबीच “कपिलवस्तु नगरपालिका अन्तर्गत रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाको चिनारी” शीर्षकमा निबन्ध प्रतियोगिता गरिएको थियो।
सो प्रतियोगितामा १४ जनाले सहभागिता जनाएका थिए।
कक्षा ८ की रिया थारु प्रथम, कक्षा ६ की सञ्जना पासवान द्वितीय, र कक्षा ८ की सुमन कुमार यादव तृतीय हुनुभएको छ।

माध्यमिक तहमा वक्तृत्वकला प्रतियोगिता

माध्यमिक तह (कक्षा ९ र १०) का विद्यार्थीबीच “प्राविधिक शिक्षा आजको आवश्यकता” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो।
पाँच जनाले सहभागिता जनाएका सो प्रतियोगितामा कक्षा १० की बिपना अर्याल प्रथम, कक्षा १० की बन्धना चौधरी द्वितीय, र कक्षा १० की स्नेहा यादव तृतीय हुनुभएको हो।


विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर खत्रीले बालिकाले आफ्नो पहिचान आफैं बनाउनु आजको आवश्यकता भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “बालिका सशक्त भए मात्र सशक्त समाज निर्माण सम्भव हुन्छ। बालिकालाई अतिरिक्त क्रियाकलापमा संलग्न गराएर उनीहरूको नेतृत्व क्षमता विकास गर्नु आजको माग हो।”खत्रीले भन्नुभयो, “बालिका अधिकार प्रवर्द्धन, संरक्षण, विभेद र बालविवाहको अन्त्य, शिक्षाको पहुँच विस्तारमार्फत समृद्ध समाज बनाउन सकिन्छ।

 

रुम टु रिड र पिस नेपालले सञ्चालन गरेको बालिका शिक्षा तथा लैङ्गिक समानता कार्यक्रमले कपिलवस्तुका विद्यालयमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउनुभयो।”

अतिरिक्त क्रियाकलाप समितिकी संयोजक सिर्जना खत्रीले यस्ता गतिविधिले विद्यार्थीमा उत्साह र आत्मविश्वास बढाउने बताउनुभयो।


विद्यालयकी शिक्षिका अनिता गुरुङले विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउँदा निकै उत्साहित भएको उल्लेख गर्दै, यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

त्यस्तै विद्यालयका सहायक प्रधानाध्यापक बंशीधर हलवाईले विजेता विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझै राम्रो गर्न तयारी र मेहनत निरन्तर गर्न अनुरोध गर्नुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
सहभागी विद्यार्थीहरूले कार्यक्रममा भाग लिन पाएकोमा खुशी व्यक्त गरेका छन्।

रुम टु रिड र पिस नेपालको सहयोगमा कनकमुनि मावि सहित कपिलवस्तुका १५ वटा बिद्यालयमा १४औं अन्तर्राष्ट्रिय बालिका दिवस उत्साहपूर्वक मनाइयो

गुठिचौरमा पहिलो वडा कपकाे उपाधि :कालिकोटको नरहरीनाथ

रुम टु रिड र पिस नेपालको सहयोगमा कनकमुनि मावि सहित कपिलवस्तुका १५ वटा बिद्यालयमा १४औं अन्तर्राष्ट्रिय बालिका दिवस उत्साहपूर्वक मनाइयो

जेन्जी आन्दोलनका नाममा भएका अपराधिक गतिविधिमा संलग्नलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *