नौ जनासहित डोजर र ट्याक्टर निकुञ्जको नियन्त्रणमा

डोल्पा, ५ साउन ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले नौ जनासहित एक डोजर र ट्याक्टर नियन्त्रणमा लिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं ३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकुद मैदानकालागि प्रयोग गरिएका कामदार सहित डोजर ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो ।

ठुलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नलिई खेलकुद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालक सहित सबैलाई पक्राउ निकुञ्जले जानकारी दिएको छ । ‘खेलकुद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ,निति नियम बिपरित वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको अनुमतिनै नलिई काम सुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न कामदार उपकरण सबै नियन्त्रणमा लिएका हौ ।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले भने । ‘नदीले कटान गरेको दुबैतिरको भु–भाग निकुञ्ज क्षेत्रमा पर्छ,उक्त क्षेत्रमा अनुमति बिपरीत मान्छे डोजर प्रयोग गरेर निजि तथा सार्वजानिक निर्माण सुरु गर्नु कानुन बिपरित मानिन्छ ।’

घटनाको बिषयमा अनुसन्धान भइरहेकाले बताउँदै कसुर देखिएमा कानुन अनुसार कारवाही हुने पाडेलको भनाई छ । पक्राउ गरिएका सबैलाई नगर उप–प्रमुख चन्द्राकुमारी बुढाको जिम्मा छोडिएकाले आवाश्यक परेकोखण्डमा जतिखेर पनि झिकाइने निकुञ्जले जनाएको छ । निर्माणगर्न लागिएको खेलकुद मैदान गत बर्ष कार्यपालिकाको बैठकबाट ठाउँ छनोट गरेर काम सुरु गरिएको नगर उपप्रमुख चन्द्राकुमारी बुढाले बताइन ।

भेरीले कटान गरेको ठाउँभरी आफ्नो क्षेत्रमा पर्ने निकुञ्जले बताएकाले एक पटक फिल्डमै पुगेर एकिन गर्न भनिएको उनको भनाई छ । यता प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले सर्वप्रथम निकुञ्ज क्षेत्रमा पर्छ वा पर्दैन निकुञ्जले एकिन गर्नुपन बताए ।

निकुञ्ज क्षेत्रमा पर्ने भएर पनि अनुमति नलिएर काम गरेको पाईयो भने कारवाही हुनुपर्छ तर निकुञ्ज क्षेत्रमा नपरेको ठाउँमा अनाआवश्यक हस्तक्षेत्र गर्न हुँदैन्,सबैले सहजिकरण गरेर बिकास निर्माणकार्य अघि बडाउनु पर्छ”सुनारले भने ।
निकुञ्ज क्षेत्रमा पर्ने भुगोलका बिषयमा आम जनतालाई जानकारी गराउनु पर्ने उनको भनाई छ । उक्त खेलकुद मैदान संघिय सरकार र त्रिपुरासुन्दरी नगरपालिको जनश्रमदान सहितको ८५ लाख संयुक्त बजेटमा निर्माणहुन लागेको थियो ।

नौ जनासहित डोजर र ट्याक्टर निकुञ्जको नियन्त्रणमा

YUGAAWHAN NATIONAL DAILY (2077-04-05)

नौ जनासहित डोजर र ट्याक्टर निकुञ्जको नियन्त्रणमा

सलहको झुन्ड कर्णालीको नौ जिल्लामा पुग्यो, ४०

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!