हिंसा पीडितलाई इन्सेकद्धारा सहयोग

सुर्खेत १ साउन ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले घरेलु हिंसा पीडित दुई जना महिलाहरुलाई नगद सहयोग गरेको छ । इन्सेकद्धारा सञ्चालित मानव अधिकार सुदृद्धिकरण कार्यक्रम अन्र्तगत घरेलु हिंसा पीडित दुई जना महिलाहरुलाई इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले मंगलवार नगद सहयोग प्रदान गरेको हो ।

घरेलुहिंसाबाट पीडित वीरेन्द्रनगर नपा ४ की २९ वर्षीया कमला भण्डारी खडका र भेरीगंगा नपा १ घर भई वीरेन्द्रनगर नपा ४ मा बस्दै आएकी ३३ वर्षीया शोभा गुरुङ्गलाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले जनही १५ हजार नगद सहयोग प्रदान गरेको हो ।

इन्सेकद्धारा गठित हिंसा निगरानी समुहमा उनीहरुले दिएको निवेदनको तथा हिंसा निगरानी समुह र इन्सेकले गरेको संयुक्त अनुगमन पछि गरिएको सिफारिसको आधारमा उनीहरुलाई सो सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले बताए ।

हिंसा पीडितहरुलाई नगद रकम हस्तानान्तरण गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले घरलु हिंसाका पीडितहरुलाई कानुनी प्रक्रियामा जानका लागि सहयोग पु¥याउने उद्देश्यले हिंसा निगरानी समुहको सिफारिसमा इन्सेकले सहयोग प्रदान गर्दै आएको बताए । इन्सेकले यस अघि चार वर्षीया बलात्कृत बालिका सहित चार जना घरेलु ंिहंसा पीडितहरुलई यस्तै सहयोग प्रदान गरिसकेको संयोजक सुवेदीले जानकारी दिए ।

हिंसा पीडितलाई इन्सेकद्धारा सहयोग

लायन्स क्लवद्धारा एक हजार भीटीएम कीट सहयोग

हिंसा पीडितलाई इन्सेकद्धारा सहयोग

राहतमा कुहिएको चामल, स्थानीयले सडकमै फ्याकिदिए

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds