कोरोना परीक्षण गर्न ६ निजी प्रयोगशालालाई अनुमति

काठमाडौं, २९ असार ।

पीसीआर विधिबाट कोरोना परीक्षणका लागि हालसम्म ६ वटा निजी प्रयोगशालाले अनुमति पाएका छन् । काठमाडौं उपत्यकाका ४ सहित ६ वटा निजी प्रयोगशालाले पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट अनुमति पाएका हुन् ।

काठमाडौं उपत्यकाको सानेपास्थित स्टार अस्पताल, सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, सेन्ट्रल डाइनोग्नोस्टी ल्याब्रोटरी कमलपोखरी र सूर्या हेल्थ केयरले पिसिआर परीक्षणका लागि अनुमति पाएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए ।

उनका अनुसार उपत्यका बाहिर बुटवलस्थित नेसनल प्याथ ल्याब र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालाले पिसिआरका लागि अनुमति पाएका छन्। पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १९ वटा निजी प्रयोगशालाले आवेदन दिएको गुप्ताले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको ‘निजी प्रयोगशाला कोभिड–१९ को मोलिक्युर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका २०७७’ को सबै मापदण्ड पूरा गरेपछि निजी प्रयोगशालाले अनुमति पाउने गर्छन्।

बाँकी आवेदन दिएका प्रयोगशालाले मापदण्ड निर्देशिका अनुसार मापदण्ड पूरा गरेपछि पिसिआर परीक्षण गर्न पाउने गुप्ताले बताए । सरकारले पिसिआर परीक्षणका लागि अनुमति मात्र दिने तर स्वाब नदिने गरेको एक निजी प्रयोशालाको गुनासो छ।

परीक्षण निजी क्षेत्रले गर्ने भए पनि स्वाब संकलन भने सरकारले नै गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परीक्षणको शुल्क पनि सरकारले नै दिनेछ।

(स्वास्थ्यखबरबाट साभार)

कोरोना परीक्षण गर्न ६ निजी प्रयोगशालालाई अनुमति

कर्णालीमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds